भोजपुर । स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका गणेश बुढाथोकीले ३ सय ७८ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका प्रत्यासी एमालेका मिन बहादुर थापालाई १८ मतले हराउँदै बुढाथोकी विजयी भएका हुन् । थापाको कुल ३ सय ६० मत छ । भोजपुरका ९ स्थानीय तहमध्ये हतुवागढी, टेम्केमैयुङ, पौवादुङमा, अरुण, साल्पासिलिछो गाउँपालिका र भोजपुर नगरपालिकामा मत गणना भईरहेको छ ।







