बेलायती प्रधानमन्त्री जोन्सनले पाए विश्वासको मत

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनविरुद्ध उनकै पार्टी कन्जरभेटिभ पार्टीभित्र ल्याइएको अविश्वासको प्रस्ताव असफल भएका छ। कन्टरभेटिभ पार्टीका धेरै सांसदहरुले पत्र लेखेर उनको नेतृत्वमा अघि बढ्न नसकिने बताएका थिए।

 

अविश्वास प्रस्तावबारे भएको मतदानमा जोन्सनले ५९ प्रतिशत मत पाए। यससँगै अबको एक वर्षसम्म उनलाई पार्टीभित्र अविश्वास प्रस्ताव ल्याउन पाइनेछैन।

 

यद्यपि आलोचकले जोन्सनको पार्टीभित्रको पकड गुम्दै गएको बताएका छन्।  जोन्सनको पक्षमा आएको मत यसअघि अविश्वास प्रस्तावमा पूर्व प्रधानमन्त्री टेरिजा मेले पाएको मतभन्दा पनि कम हो।

 

सन् २०१८ मा मेले ६३ मत पाएकी थिइन्।  कोरोना महामारीको क्रममा सरकारले लगाएको प्रतिबन्ध उल्लंघन गरेको भन्दै जोन्सनको आलोचना हुँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार