एसियाली खेलकुदमा भाग लिने खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । चीनमा हुने भनिएको १९औँ एसियाली खेलकुद (एसियन गेम्स)का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बुधबारबाट २३ खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले मंगलबार बन्द प्रशिक्षणको उद्घाटन गरेका हुन् ।

 

बन्द प्रशिक्षणमा २३ खेलका ५१४ खेलाडी सहभागी हुनेछन् । जसमा २३० पुरुष र २८४ महिला खेलाडी सहभागी छन् । उद्घाटन कार्यक्रममा सदस्य सचिव घिसिङले २३ खेलका प्रशिक्षकलाई खेल सामग्री प्रदान गरेका थिए ।

 

पहिलो चरणको प्रशिक्षण जेठ २५ देखि असार २३ गतेसम्म सञ्चालन हुनेछ । असार २४ गतेबाट २७ गतेसम्म दोस्रो चरणका लागि छनौट गरिनेछ । असार २८ देखि ३० गतेसम्म आन्तरिक मूल्याङ्कन गरिने हाई पर्फमेन्स कमिटीका सचिव हिमालराज दाहालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार