एसीसी ट्वान्टी–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपका लागि सोमबार १५ सदस्यीय टोली घोषणा गरेको छ । क्यानले रुविना क्षेत्रीको कप्तानीमा टोली घोषणा गरेको हो ।

 

क्यानले यसअघि प्रारम्भिक चरणमा १९ खेलाडीलाई बोलाएर बन्द प्रशिक्षण गराएको थियो । उनीहरूमध्येबाट १५ खेलाडी छनोट भएका हुन् । मलेसियामा जुन १७ देखि २५ सम्म हुने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।

 

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’मा बहराइन, भुटान, हङकङ र कुवेत छन् । यस्तै, समूह ‘ए’मा मलेसिया, ओमान, कतार, सिंगापुर र यूएई छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार