एसपीपीले सत्ता गठबन्धनमा हलचल

स्थानीय तहको चुनावबारे समीक्षा गर्न नपाउँदै पाँच दलीय गठबन्धनमा अमेरिकी सेनाले नेपाली सेनासमक्ष राखेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता प्रस्तावले हलचल ल्याएको छ।

 

यो सम्झौता बाहिर आएपछि बल्ल गठबन्धनका दलहरुबीच आन्तरिक छलफल भइरहेको छ। अमेरिकी सैनिकले गरेको प्रस्तावप्रति गठबन्धनका दलहरु असन्तुष्ट छन्।

 

कांग्रेसबाहेक सत्ता गठबन्धनका चार दल एसपीपी सम्झौता हुन नहुने पक्षमा छन्। प्रधानमन्त्रीले तत्काल गठबन्धनको बैठक राख्नुपर्ने र यसबारे प्रष्ट पार्नुपर्ने उनीहरुको माग छ।

दश बुँदामा समेटिएको एसपीपी सैन्य सम्झौता अमेरिकी पक्षबाट नेपाली सेना र प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पेश भइसकेको छ।सोमबार नेपालखबरले मस्यौदा प्रस्ताव सार्वजनिक गरेपछि मंगलबार गठबन्धनको एकघटक जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले ट्वीट गर्दै सम्झौता गर्नुअघि १० पटक सोच्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

 

डा।भट्टराईले एसपीपी सम्झौतामा सैनिक गठबन्धनको हस्को आएकाले हस्ताक्षर गर्न हतार गर्न नहुनेमा सचेत पनि गराए। ‘हिमाली क्षेत्रमा मडारिँदो नयाँ शीतयुद्धको खतराको पृष्ठभूमिमा अमेरिकासँग यो १० बुँदे स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० सम्झौता गर्न लागिएको हो भने हतार नगरौँ, यसमा सैनिक गठबन्धनकै हस्को आउँछ,’ उनले ट्विटरमा लेखेका छन्, ‘भूराजनीतिक संवेदनशीलता हेरौँ। १० चोटि नापेर एकचोटि काट्नु जो भनिन्छ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार