नेपालको दोस्रो जीत

मलेसियामा जारी एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिप अन्तर्गत शनिबार नेपालले कुवेतलाई गरेको छ । नेपालको यो दोस्रो जित हो ।

 

किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

 

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक ३१ रन बनाइन् । मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन जोडिन । कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता रानामगरले दुई विकेट लिइन । अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले समान एकरएक विकेट लिए ।

 

यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १०७ रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक अविजित ३४ रनको योगदान गरिन् । २७ बलको सामना गरेकी रुबिनाले चार चौका प्रहार गरिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार