बेलारुसलाई परमाणु दिने पुटिनको घोषणा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सहयोगी मुलुक बेलारुसलाई आगामी केही महिनाभित्र छोटो दुरीमा प्रहार गर्न सक्ने परमाणु सम्पन्न मिसाइल प्रणाली दिने घोषणा गरेका छन्।

 

उनले ‘इसकन्दर–एम’ प्रणालीबाट ब्यालेस्टिक तथा क्रुज दुवै किसिमको मिसाइल प्रहार गर्न सकिने बताएका छन्। साथै यो परमाणु तथा गैर–परमाणु मिसाइलको लागि पनि सक्षम रहेको बीबीसीले उल्लेख गरेको छ।

 

यो मिसाइलको रेन्ज पाँच सय किलोमिटरसम्मको छ। गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता रुस र पश्चिमा मुलुकहरुबीच तनाव बढेको छ। बेलारुस युक्रेनको पनि छिमेकी मुलुक हो।

 

पुटिनले यसअघि पनि धेरैपटक परमाणु हतियारको चर्चा गरेका छन्। त्यसलाई सुरुवातमा पश्चिमा मुलुकलाई दिइएको धम्कीको रुपमा हेरिएको थियो।

 

शनिबार सेन्ट पिटर्सवर्गमा बोल्दै पुटिनले बेलारुसलाई एसयू–२५ युद्धक विमान विकसित गर्न पनि सहयोग प्रदान गर्ने बताएका हुन्। त्यस्तै युक्रेनले शनिबार रुसी सेनाले आफ्नो महत्वपूर्ण सहर सेवेरोदेनेत्स्कमाथि पूर्णरुपमा कब्जा गरेको बताएको छ।

 

यो सहर कब्जामा जानुलाई अब लुहान्स्क क्षेत्रको आसपासका क्षेत्रलाई रुसले पूर्णरुपमा नियन्त्रणमा लिएको रुपमा बुझ्नुपर्ने जानकारहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार