स्टार खेलाडीको फोन गर्लफ्रेण्डले चेक गरेपछि बबाल !

इंग्ल्याण्डका युवा फुटबलर फिल फोडेन यतिबेला चर्चामा छन् । २२ वर्षीय फोडेन म्यानचेस्टर सिटीबाट खेल्छन् र यी दिन उनी आफ्नी प्रेमिकासँग छुट्टी मनाउँदै थिए। तर समुद्र तटमा पुग्दा दुवैको भिडन्त भएको थियो, जसको भिडियो भाइरल भएको छ ।

 

२२ वर्षीय फिल फोडेन आजकाल रेबेका कोकीसँग सम्बन्धमा छन्। दुवै लामो समयदेखि सँगै छन्, दुवैका दुई सन्तान पनि छन् । तर फिल फोडेनलाई रेबेकाले धोका दिएको आरोप लगाएकी छिन् । रिपोर्टका अनुसार शनिबार जब दुबै समुद्र तटमा थिए, दुबैको झगडा भयो । यो तब भयो जब फिल समुद्र भित्र थिए र उनकी प्रेमिका रेबेकाले समुद्र तटमा बसेर उनको फोन जाँच गरिन्। जहाँबाट उनले धोका दिएको थाहा पाइन् ।

 

यसपछि दुवैबीच चर्को झगडा भयो, रेबेकाले आफ्नो प्रेमीलाई भनेकी थिइन् कि तिमीलाई म पागल जस्तो लाग्छ ? सामाजिक सञ्जालमा दुवैको झगडाको भिडियो पनि सार्वजनिक भएको छ । यस झगडाको बीचमा, तिनीहरू दुवै बीचबाट उठे र यसै क्रममा रेबेकाले फिललाई भनिन् कि यसकारण तिमीसँग कतै जानु छैन। यी दुईबीचको झगडा यति धेरै भयो कि समुद्र तटमा रहेका सुरक्षाकर्मीले उनीहरूलाई त्यहाँबाट हटाउन बाध्य भए।

 

फिल फोडेनलाई यसरी धोका दिएको आरोप लागेको यो पहिलो पटक भने होइन। यसअघि पनि फोडेनको अरु केही महिलासँग अफेयर रहेको कुरा बाहिर आएको थियो । इङ्ल्यान्डका उदाउँदो स्टार रहेका फिल फोडेनले यही वर्षको अन्त्यमा कतारमा हुने फुटबल विश्वकपमा स्थान पाउन सक्ने अनुमान गरिएको छ । फिल फोडेन १७ वर्षको उमेरमा म्यानचेस्टर सिटीसँग आवद्ध भएका थिए, उनले २०२० मा डेब्यु गर्ने मौका पाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार