यु-२० साफकाे उपाधि भारतलाई

बंगलादेशलाई ५-२ गोलको नतिजामा पराजित गर्दै घरेलु टिम भारतले  यू-२० साफ च्याम्पियनसिपको उपाधि जितेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रवार सम्पन्न खेलमा  भारतलाई जित दिलाउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै, हिमान्सु जान्ग्राले एक गोल गरे ।
बंगलादेशका मोहम्मद रोजन र शाहीम मियाले एक एक गोल गरे । निर्धारित समय बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलको दोस्रो मिनेटमा गुर्किरात सिंहले पेनाल्टीमा गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । बंगलादेशका मोहम्मद रोजनले ४५ औँ मिनेटमा  बराबरी गोल फर्काए ।
खेलको ४८ औँ मिनेटमा शाहीम मियाले गोल गर्दै बंगलादेशलाई २-१ को अग्रता दिलाए । गुर्किरातले ६० औँ मिनेटमा  व्यक्तिगत दोस्रो गोल भारतलाई २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको निर्धारित ९० मिनेटमा थप गोल हुन सकेन  र खेल अतिरिक्त समयमा धकेलिएको थियो ।अतिरिक्त समयमा भारतले लगातार तीन गोल थप्यो । खेलको ९२ औँ मिनेटमा हिमान्सु जान्ग्राले गोल गर्दै भारतलाई ३-२ को अग्रता दिलाए ।
 गुर्किरातले ९३ औँ मिनेटमा ह्याट्रिक पूरा गर्दा भारत ४-२ भारतका लागि चौथो गोल गरे। खेलको ९९ औँ गुर्किरातले व्यक्तिगत चौंथो गोल गर्दै भारतको जित ५-२ ले सुनिश्चित गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार