अभिव्यक्ति शृङ्खलामा गायक धन ‘किरण’ गुरूङको प्रस्तुति हुदै

लन्डन । नेपाली प्रतिभा प्रतिस्ठान बेलायतले १४ औ अभिव्याक्ति शृङ्खलाको लागि गायक, संगीतकार तथा समाजसेवी धन ‘किरण’ गुरूङलाई मञ्च प्रदान गर्ने भएको छ ।

 

अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको बैठकले सस्ंथाको १४औ भिव्याक्ति शृङ्खलाको लागि धन ‘किरण’ गुरूङलाई छनोट गरेकोे हो । यसवर्षको अभिव्याक्ति शृङ्खला आगामी १७ सेप्टेम्बर २०२२ को दिन आशफोर्ड, केन्टमा आयोजना गर्ने संस्थाले जनाएको छ ।

 

२०३८ सालमा रेडियो नेपालबाट स्वर परिक्षा उतिर्ण गरेका गायक धन ‘किरण’ गुरूङले ४ सय गीतहरूमा आफ्नो स्वर दिएका छन् । कलिलो उमेरमै बृटिश गोर्खा पल्टनमा आबद्ध हुन पुगेका उनले सन् १९८७ मा ‘डाडाँ पारीको त्यो गाउँमा’ वोलको गीत बिएफबिएस गोर्खा रेडियो हङकङमा गाएपछि निकै चर्चामा रहेको थियो । पपस्टार नोर्देन तेन्जिङ भुटिया लगायतको हिमालयन व्याण्ड सन् १९९० बाट धन ‘किरण’ गुरूङले हिमालयन व्याण्ड २ नामले सञ्चालन गर्दै आइरहेका छन् । उनको गीति एल्वमहरू ‘चाहना’–सन् १९९१, ‘अतीत’–सन् १९९४, ‘भावना’–सन् २००० साल, ‘फेरी आज’–सन् २००२ साल, ‘जिन्दगी’–सन् २००४ साल र ‘जोर्नी’–सन् २०१४ सालमा प्रकाशीत भएको छ ।

 

उनको पपुलर गीतहरू ‘तिमी र म’, ‘किन हो किन’ र ‘हावा सरर’ले नेपालको बिभिन्न म्युजिक अवार्डहरू जीत्न सफल भएका थिए । उनका केहि गीतहरू र म्युजिक भिडियोले विश्वभरिका दर्शक स्रोताहरूको मन जीत्न सफल भएका छन् । धन ‘किरण’ गुरूङको आफ्नै म्युजिक कम्पनी (डिजी प्रोडोक्शन हाउस) मार्फत गीत रेकर्डिङ, म्युजिक भिडियो र छोटा फिल्महरू उत्पादन गर्ने र भ्वाइस रेकर्डिङ कार्यहरू पनि गरिरहेको छ । गायन बाहेक गीत लेखन, सगींत संयोजन र म्युजिक भिडियो निर्देशनमा पनि उनि सकृय छन् ।

 

बृटिश गोर्खा सेनामा लामो समय सेवा गरेका धन ‘किरण’ गुरूङको सामाजिक क्षेत्रको पाटो पनि छुट्टै रहेकोछ । उनी फोल्कस्टन् टाउनको पुर्व काउन्सीलर हुन । उनको अगुवाईमा स्थानीय समुदाय संगको सहकार्यमा गोर्खा मेमोरियल स्टाचु फोल्कसटन्को सामुद्रिक क्षेत्रमा स्थापना गरिएको छ । उनले यस्ता धेरै सामाजिक कार्यहरू सम्पन्न गरेका छन् । स्थानीय बृटिश तथा गोर्खा समुदायसंग उनको राम्रो सम्बन्ध रहेको छ ।

 

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतलले स्थापना कालदेखी बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरी उनको सृजनाहरू प्रस्तुत गर्दै आइरहेकोछ ।

सन् २००८ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरि अभिव्यक्ति शृङ्खलाको सुरू गरिएको थियो । सन् २००९ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई । सन् २०१० सालमा कवि तथा कथाकार टंक वनेम । सन् २०११ सालमा संगीतज्ञ किसोर गुरूङ । सन् २०१२ सालमा कवि तथा गजलकार अञ्जु अञ्जली । सन् २०१३ सालमा गायक नोर्देन तेन्जींङ भूटीया ।

सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा । सन् २०१५ सालमा कवि तथा कथाकार रक्ष राई र सन् २०१६ सालमा कवि तथा गीतकार निर्मला परिवेश राई । सन् २०१७ सालमा कवि डा. रूपक श्रेष्ठलाई मञ्च प्रदान गरिएको थियो । सन् २०१८ सालमा साहित्यकार गणेश राई, सन् २०१९ सालमा साहित्यकार जानु काम्बाङलाई अभिव्याक्ति शृङ्खलामा मञ्च प्रदान गरिएको थियो । सन् २०२० सालमा कोभिडको कारण कुनैपनि सार्वजनिक कार्यव्रmमहरू हुन सकेन । सन् २०२१ सालमा भर्चुवल मार्फत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार