फिलिपिन्समा कोरोनाबाट एक दिनमा २५ सय संक्रमित, ५४ को मृत्यु

मनिला : फिलिपिन्समा कोरोना भाइरसबाट एक दिनमै ५४ जनाको मृत्यु भएको छ।  पछिल्लो समय फिलिपिन्समा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या धेरै देखिएको अधिकारीहरूले जनाएका छन्।

 

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा २५६५ जना नयाँ संक्रमित भएका हुन्। योसँगै फिलिपिन्समा अहिलेसम्म कुल संक्रमितहरूको संख्या ३८ लाख ७२ हजार ४०५ पुगेको छ।

 

दक्षिणपूर्वी एसियाली यस मुलुकमा अहिले कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाहरूको संख्या भने २९८०७ सात रहेको छ।  देशको स्वास्थ्य विभागले शनिबार दिएको जानकारी अनुसार फिलिपिन्समा अहिलेसम्म कोरोनाका कारण ६१६१३ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार