गठबन्धनमा १६५ सीटको बाँडफाँट टुंगियो, कांग्रेस र अन्य दलबीच आधा-आधा भागवण्डा

काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको सीट बाँडफाँट टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कार्यदलसहित शीर्ष नेताको बैठकले एकसरो सीट संख्या टुंगो लगाएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले  बताए ।

 

पुनले दलहरुले आ-आफ्नो दाबीअनुसारको निर्वाचन क्षेत्रमा छलफल गरी सीट संख्या मोटामोटी टुंगो लगाएको बताए । मंगलबार प्रदेश सभाको पनि सीट बाँडफाँट टुंगो लगाएर सार्वजनिक गरिने उनले जानकारी दिए ।

 

पुनले सीट संख्या ठ्याक्कै यति भनेर अहिले नै भन्ने अवस्था नरहेको तर यसअघि छलफलमा आएकै संख्या वरिपरि टुंगिएको बताए । स्रोतका अनुसार गठबन्धन दलबीच १६५ मध्ये कांग्रेसले आधा र अन्य दलले आधा पाउनेगरी संख्या तथा निर्वाचन क्षेत्रमा सहमति भएको छ ।

 

कांग्रेसले ८३ र महन्थ ठाकुर समूहसहित ८६ सीट वरपर पाउने भएको छ । गठबन्धनका कुन दलले कुन-कुन निर्वाचन क्षेत्र पाउने भन्ने लगभग सहमति जुटेको छ । तर प्रदेशको समेत टुंगो लागेपछि मात्र फेरि छलफल गरेर सार्वजनिक हुने बताइएको छ । गठबन्धन बैठक लगत्तै बालुवाटारमा कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार