सन्दिप लामिछानेलाई कप्तानबाट निलम्बन गरिँदै

काठमाडौं। बलात्कारको आरोप लागेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई पदबाट निलम्बन गर्ने तयारी गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले यसको तयारी थालेको छ ।

 

बुधबार साँझ वा बिहीबार बिहानसम्म यस विषयमा निर्णय हुन सक्छ । प्रहरी अनुसन्धानमा सहयोग गर्नको लागि निलम्बन गर्न लागिएको क्यान स्रोतले जनाएको छ । यसरी सार्वजनिक पदमा रहेकाहरुमाथि गम्भीर आरोप लागे निलम्बन गरेर अनुसन्धानलाई सहयोग गर्ने प्रचलित अभ्यास अनुसार नै उनलाई निलम्बन गर्ने तयारी भइरहेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार