संविधान दिवसमा एमालेको बृहत पदयात्रा

काठमाडौं । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा बृहत वाकथन (पदयात्रा) शुरु गरेको छ ।
पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको भएको हो ।

 

निर्वाचन आयोगले असोज ३ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले असोज १ गते उपत्यकामा हजारौंको सहभागितामा वाकथन (पदयात्रा) आयोजना  गरेकाे एमालेले  जनाएकाे  छ ।

 

उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको वाकथनको वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ । पार्टी अध्यक्ष केपी ओलीले वसन्तपुरमा सम्बोधन गरी कार्यक्रम समापन गरिनेछ ।

 

संविधान दिवसका अवसरमा आयोजित यस कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम समुदायलाई सहभागिताका लागि आह्वान गरिएको  थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार