दशैंको अवसरमा युवा संघद्वारा फुटबल प्रतियोगिता आयोजना, आयोजक टक्सार विजयी

  सिलिचुङ सम्बाददाता

 

युवासंघ भोजपुरद्वारा आयोजित फुटबल प्रतियोगिता । तश्विर, सिलिचुङ

 

राष्ट्रिय युवा संघ नेपाल भोजपुरले विजयादशमी २०७९ को अवसरमा भाेजपुर नगरपालिका १२, टक्सारकाे साविक वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको छ । खेलकुद प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा आयोजक टक्सार विजयी भएको छ ।
साविकका ९ वटै वडाका ९ टिम सहभागी प्रतियोगितामा टक्सारले पारपानीलाई २–० गोल अन्तरले हराउँदै विजयी बनेको थियो । टक्सारको जितमा म्यान अफ द म्याच बनेका भरत कपाली र सित्तल कपाली समान १\१ गोल गरे । जितसंगै टक्सार १० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र हात पारेको थियो । त्यस्तै दोश्रो हुने पारपानीले पनि ५ हजार नगदसहित मेडल, प्रमाणपत्र प्राप्त गरेको थियो ।
फुटबललाई प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको राष्ट्रिय युवासंघ नेपाल भोजपुरका अध्यक्ष विमल रणपहेँलीले बताए । उनका अनुसार खेलप्रबद्र्धन गर्नैका लागि हरेक म्याचको म्यान अफ द म्याच खेलाडीलाई ५ सय नगदका तरिकाले पुरस्कार वितरण गरिएको थियो । यसका साथै युवासंघले विजयीदशमीकै अवसरमा सांस्कृतिक कार्यक्रम तथा राजनीति दल र कर्मचारीविचको मैत्रीपूर्ण फुटबल खेल आयोजना पनि गरेको थियो । अध्यक्ष रणपहेँलीले कार्यक्रम सफल पार्न अमूल्य सहयोग पु¥याउने दाता, व्यक्तित्व, संघ संस्थाप्रति हार्दिक आभार प्रकट गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार