फूलबारीको कलरफूल पोस्टर

रामबाबु गुरुङ निर्देशित सिनेमा फूलबारीको फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर सिनेमाको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले उल्लेख गरेकका छन्।

 

आगामी फागुन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ। यशोदा फिल्मस्को ब्यानरमा निर्माण भएको समाजिक नेपाली सिनेमाको कथा र कन्सेप्ट कमल किशोर मलपानीको हो।

 

अभिभावक र सन्तान बीचको सम्बन्धको कथामा सिनेमाले नेपाली समाजमा सवैले भोगिराखेकै पारिवारिक सामाजिक कथा निर्देशक गुरुङले पस्किएका छन्। उपेन्द्र सुब्बाको पटकथामा विपिन र अरुणाले पाका दम्पतिको भूमिका निर्वाह गरेछन्।

सिनेमामा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय रहनेछ।

 

फूलबारीमा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ। मणिराम पोखरेलले कार्यकारी निर्माता रहेको सिनेमामा मनिष ढकाल निर्माताको रुपमा रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार