मंसिर ४ मा ‘चुनावी चासो’, मंसिर १६ मा रिस्ताको ‘पासो’

काठमाडौं । बी.आर इन्टरटेन्मेन्ट प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासो’को प्रदर्शन मिति तय गर्दै पोष्टर सार्वजनिक गरिएको छ ।

यो चलचित्रलाई मंसिरको १६ गतेबाट देशभर रिलिज गरिने निर्माण पक्षले बताएको छ । आर.बी पुनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई भगवान् भुजेलले निर्माण गरेका हुन् ।

चलचित्रमा वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माताको रूपमा छन् । चलचित्र ‘पासो’मा रिस्ता बस्नेत, सुनिशा बजगाईँ, रामकुमार बास्ताकोटी, प्रतीक दुलाल र प्रणव आकाशको अभिनय छ ।

 

कन्टेन्ट थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रले दुई अत्यन्त मिल्ने साथीलाई एक अज्ञात आपराधिक समूहले अपहरण गरेपछि उनीहरूले बाँच्नका लागि गरेको संघर्षको कथालाई प्रस्तुत गरेको छ ।

 

यसैबिच, यो चलचित्रको नेट कलेक्शनको १५ प्रतिशत रकम धादिङमा निर्माण हुन गइरहेको ‘जीवन विज्ञान’ धाम निर्माणार्थ प्रदान गरिने जानकारी समेत यसका निर्माता भगवान् भुजेलले गराएका छन् ।

 

रिच इन्टरटेन्मेन्टले यो चलचित्रलाई काठमाडौंमा र एफडी कम्पनीले काठमाडौं बाहिर वितरण गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार