सांगीतिक कार्यक्रमका लागि ‘राई इज किङ’ लन्डन आइपुगे

लन्डन । ‘राई इज किङ’ ले चिनिएका चर्चित गायक राजेश पायल राई सांगीतिक कार्यक्रमका लागि बेलायत आईपुगेको छ । आज बेलायतको अल्डरसर्टस्थित एम्पाएर हलमा सम्पन्न हुने सांगीतिक कार्यक्रमममा सहभागी हुन आइपुगेका हुन ।

 

किरात राई यायोक्खा बेलायतले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुती दिन गायक राई बधवार लन्डनको हिथ्रो विमानस्थलमा उत्रिएका थिए । गायक राईले करिव दुई दर्जन गीतहरु प्रस्तुती दिने आयोजकले बताएको छ । बिमानस्थलमा उत्रने राईले बेलायत आउँदा आफन्त कहाँ आइपुगेको महसुस भएको प्रतिक्रिया दिए । यसभन्दा अगाडी पटक पटक बेलायत आएको उनले बेलायतमा अत्याधिक माया पाउने गरेको पनि उनले बताए ।

 

गायक राईको बाबाआमा लगायत आफन्तजनहरु बेलायतमा नै बसोबास गर्दै आएका छन । नेपालीहरुको घनाबस्ती अल्डरसर्टमा हुने कार्यक्रममा राईले दुई घण्टा प्रस्तुती दिने छन । कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्था लगायत प्रतिष्ठित व्यक्ति व्यक्तित्वहरुलाई समेत निमन्त्रणा गरिएको छ । कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थिती हुने विश्वास आयोजकले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार