भोजपुरमा संघ र प्रदेश दुवैमा सत्ता गठबन्धनकै अग्रता

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पछिल्लो मतगणना चलिरहँदा भोजपुरमा सत्ता गठबन्धन अगाडी देखिएको छ । प्रतिनिधीसभा र प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनले अग्रता लिएको छ ।
प्रतिनिधीसभातर्फ ९ हजार ३ सय ३८ मतगणना चलिरहँदा गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रका सुदन राईले कुल ४ हजार ४ सय ८२ मत ल्याएका छन् । उनका निकटत्तम प्रतिद्वन्दी पूर्वमुख्यमन्त्री तथा एमालेका शेरधन राईले कुल ३ हजार ५ सय ५० मत प्राप्त गरेका छन् ।
यस्तै भोजपुर प्रदेश क्षेत्र नं १ को १० हजार ३ सय २९ मत गणना गर्दा गठबन्धनका उम्मेदवार तथा वर्तमान प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आफ्नो अग्रतालाई कायम राख्दै कुल ५ हजार ४ सय ७७ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी एमालेका हरिबहादुरले कुल ३ हजार ६ सय १५ मत प्राप्त गरेका छन् ।
यस्तै भोजपुर प्रदेश क्षेत्र नं २ को पनि मतगणना कार्य चलिरहँदा सत्ता गठबन्धनले नै सुरुवाती अग्रता लिएको छ । पछिल्लो मतगणनाअनुसार कुल ४ सय ५ सय ५ मतगणना चलिरहँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विनोद वान्तावाले कुल २ हजार एकसय ९४ तथा एमालेका प्रेम कार्कीले कुल एक हजार ९ सय ८८ मत प्राप्त गरेका छन् ।
कुल १ लाख २३ हजार ३ सय ५९ मतदातामध्ये यसपटक भोजपुरमा कुल ५०.३९९ प्रतिशत अर्थात ६२ हजार एकसय ८१ मतादाताले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार