भोजपुरको संघ तथा प्रदेश सबै क्षेत्रमा सत्ता गठबन्धनको निरन्तर अग्रता

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । भोजपुरमा प्रतिनिधि तथा प्रदेशसभाको पछिल्लो मतगणना अनुसार सत्ता गठबन्धन अगाडी देखिएको छ । भोजपुरको प्रतिनिधीसभा र प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनले अग्रता लिएको छ ।
प्रतिनिधीसभातर्फ २१ हजार सात मतगणना भईरहँदा सत्ता गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रका सुदन राईले कुल १० हजार ७ सय ७६ मत ल्याएका छन् । उनका निकटत्तम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार एवम् पूर्वमुख्यमन्त्री शेरधन राईले कुल ८ हजार ४ सय ७७ मत प्राप्त गरेका छन् ।
यस्तै भोजपुर प्रदेश क्षेत्र नं १ को २२ हजार ५ सय ९ गणना गर्दा गठबन्धनका उम्मेदवार तथा वर्तमान प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आफ्नो अग्रतालाई कायम राख्दै कुल १२ हजार ७३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी एमालेका हरिबहादुरले कुल ८ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् ।
यस्तै भोजपुर प्रदेश क्षेत्र नं २ को १७ हजार २९ मतगणना भईरहँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विनोद वान्तावाले कुल ८ हजार २ सय २ मत ल्याएका छन् । उनलाई एमालेका प्रेम कार्कीले कुल ७ हजार ६ सय ३४ मत ल्याएर पछ्याईरहेका छन् ।
कुल १ लाख २३ हजार ३५९ मतदातामध्ये यसपटक भोजपुरमा कुल ५०.३९९ अर्थात ६२ हजार एकसय ८१ मतादाताले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार