सुनसरी-१ बाट अशोक कुमार राई विजयी

सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका संघिय अध्यक्ष अशोक कुमार राई विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीकि गोमा तामाङलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।

 

निर्वाचित राईले १७ हजार ५९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । २०४८ र २०५१ मा खोटाङबाट निर्वाचन जितेका राईले त्यस पछाडिका सबै चुनाव हारेका थिए ।

 

यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार