भारतकी पहिलो ग्ल्यामर गर्ल थिइन् बेगम पारा

आजको समयमा जुनसुकै बलिउड अभिनेत्रीले आफ्नो बोल्ड फोटोसुट गराउने गर्छन् र आफ्नो हट अवतारले चर्चा बटुल्ने गर्छन् तर ४० र ५० को दशकमा यस्तो फोटोसुट गर्नु भनेको चानचुने कुरा होइन । आज हामी यस्तै अभिनेत्रीबारे जानकारी दिँदै र्छौँ जसले त्यो समयमा बोल्ड फोटोसुट गरेर हिन्दी सिनेमामा तहल्का मच्चाएकी थिइन् । वास्तवमा, कुरा बेगम पाराको भइरहेको छ जसको आज जन्मदिन हो । २५ डिसेम्बर १९२६ मा यो दुनियाँमा कदम राख्ने यी अभिनेत्रीसँग सम्बन्धित केही जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

 

बेगम पाराको वास्तविक नाम जुबैदा उल हक थियो तर फिल्ममा कदम राखेपछि उनले आफ्नो नाम फेरेर बेगम पारा राखेकी थिइन् । बेगमले ‘सोहनी महिवाल’, ‘नील कमल’ र ‘लैला मजनू’ जस्ता फिल्ममा शानदार अभिनयमार्फत् मानिसको मनमा स्थान बनाइन् । मानिसहरु यी अभिनेत्रीका लागि ‘दिवाना’ भएका थिए कि उनको एक झलक पाउनका लागि बिहान सबेरै उनको घर अगाडि गएर बसिरहन्थे । फोटोसुट पछि अभिनेत्रीको बोल्ड फोटोसुटले फिल्म इन्डष्ट्रिमा तहल्का नै मच्चाइदियो र उनको चर्चा फिल्म इन्डष्ट्रिमा व्यापक हुन थाल्यो ।

 

सन् १९५१ का चर्चित फोटोग्राफर जेम्स बुर्केले लाइफ म्यागजिनका लागि अभिनेत्री बेगम पाराको ग्ल्यामरस फोटोसुट गरेका थिए । तस्बिरमा बेगमलाई सेतो साडीसहित डिप क्लिभेज ब्लाउज लगाएर एउटा हातमा चुरोट समातिरहेको देख्न सकिन्छ र उनको मुखबाट धुँवा निस्किरहेको थियो । त्यसपछि उनलाई बलिउडको पहिलो ‘ग्ल्यामर गर्ल’ को उपाधि दिइएको थियो र उनी यसै नामले चर्चित भइन् । यसको कारण यो थियो कि त्यतिबेला महिला वा अभिनेत्रीलाई संस्कारीको रुपमा हेर्ने गरिन्थ्यो तर बेगम पाराले जुन बोल्ड लुक देखाएका थिए त्यसले सबैलाई चकित पारिदिएको थियो ।

खल्तीमा फोटो राख्थे सैनिक

अभिनेत्री बेगम पाराको अभिनय र बोल्ड फोटोसुटको जादु जताततै चल्यो । मिडिया रिपोर्टका अनुसार त्यतिबेला अभिनेत्रीको सुन्दरताको जादु सैनिकमाथि पनि चढेको थियो । अमेरिकी सैनिक आफ्नो खल्तीमा बेगम पाराको फोटो राखेर युद्ध लड्ने जाने गर्दथे भन्ने गरिन्छ । बेगम पाराले ११ वर्षको करियरमा दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । उनको सन् २००८ मा निधन भयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार