ठेकेदार कम्पनीले काम अलपत्र पारेपछि लम्छुवाघाट पुलको ठेक्का तोडियो

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । संखुवासभासंग भोजपुर जोड्ने अरुण नदीस्थित लम्छुवाघाटको पक्कीपुलको ठेक्का सम्झौता बन्द भएको छ । झण्डै डेढ दशक बितिसक्दासमेत ठेकेदार कम्पनी स्वच्छन्द निर्माण कम्पनीले काम नगरेपछि सडक डिभिजन कार्यालय तुम्लिङटारले ठेक्का तोडेको हो ।

निर्माण कम्पनीले गरी २०६७ असार २५ गतेभित्र काम सम्पन्न गर्नेगरि ठेक्का लिएको थियो । १ सय ६७ मिटर लामो दुरी उक्त पुलको निर्माणको काम २०७२ असोजसम्म सम्पन्न हुनुपर्ने सम्झौता भएपनि अहिलेसम्म ६ वटा पिलर मात्रै उठाइएको छ । जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको थियो । निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न भन्दै पछिल्लोपटक २०७७ पुष १३ गतेसम्म म्याद थप गरेको थियो । १४ करोड ७५ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको उक्त पक्की पुले निर्माणमा ४ करोड रुपैयाँ बढी खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।

१२ वर्षदेखि अलपत्र उक्त लम्छुवाघाटमा पक्कीपुल निर्माण पुनः अलपत्र पार्ने ठेकेदार कम्पनीसँग ठेक्का तोडिएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । डिभिजन कार्यालयका सूचना अधिकारी ईन्जिनियर दिपेन्द्रकुमार शाहले म्याद थप्दा समेत काम सुरु नभएपछि ठेक्का रद्द गरिएको बताए ।
सूचना अधिकारी शाहका अनुसार २०६७ सालमा स्वच्छन्द निर्माण सेवाले निर्माण कार्य सुरु गरेपनि विभिन्न बाहनामा काम अलपत्र पारेको थियो । निर्माण सेवाले म्याद मात्रै थप्ने काम नगर्ने भएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेको उनले बताए । विभिन्न कारण देखाउँदै स्वच्छन्द निर्माण सेवाले काम छाडेर भागेपछि पुल निर्माण अलपत्र बनेको थियो ।
२०६७ सालमा सम्झौता भएको पुलको काम २० प्रतिशत मात्र सकिएको छ । निर्माण कम्पनीले गरी २०६७ असार २५ गतेभित्र काम सम्पन्न गर्नेगरि ठेक्का लिएको थियो । १ सय ६७ मिटर लामो दुरी उक्त पुलको निर्माणको काम २०७२ असोजसम्म सम्पन्न हुनुपर्ने सम्झौता भएपनि अहिलेसम्म ६ वटा पिलर मात्रै उठाइएको छ । जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको थियो । निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न भन्दै पछिल्लोपटक २०७७ पुष १३ गतेसम्म म्याद थप गरेको थियो । १४ करोड ७५ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको उक्त पक्की पुले निर्माणमा ४ करोड रुपैयाँ बढी खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।
१२ बितेपनि निर्माण सम्पन्न नभएपछि जोखिमपूर्ण तवरले नदी तर्नुपर्ने स्थानीयवासीको बाध्यता हटेको छैन । लम्छुवाघाटको पुल नहुदाँ ज्यान जोखिम मोलेर काठको डुङ्गाबाट अरुण नदी वारपार गर्नुपरेको छ । नाउँबाट विद्यालय आउजाउ गर्नु लम्छुवाघाट बस्तीका बालबालिकाको बाध्यता हो । हिउँद होस् या वर्षा, भोजपुरको उत्तरी भेगका बासिन्दालाई अरुण नदी तर्न समस्या छ । पुल नहुँदा अत्यावश्यक सामान लिन १५ किलोमिटर घुमाउरो बाटो र नाउँको भरमा नदी तर्नुपर्ने बाध्यता रहेको स्थानीय रुद्रबहादुर मगरले बताए ।
‘नुनभुटुन लिन पनि संखुवासभाको खाँदबारी नै जानुपर्छ’, मगरले भने । तात्कालीन उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले ०६७ सालमा पुल शिलान्यास गरेका थिए । तर ठेकेदारको लापरबाहीले अलपत्र बन्दा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकालगायत उत्तरी भेगका ७० हजारभन्दा बढी जनसंख्या कष्टकर यात्रा गरी खाँदबारी आउजाउ गर्छन् ।
षडानन्दका मेयर सुरेन्द्र उदासले पुल निर्माणमा ठेकेदार कम्पनीको लापारबाहीका कारण नागरिकले सास्ती खेप्नु परिरहेको बताए । भने, ‘हाम्रो क्षेत्रको विकासको मूलढोका भएको लम्छुवाको पुल निर्माणमा निर्माण व्यावसायीबाटै लापारबाही भयो, जसले जनता कष्टकर यात्रा गर्न बाध्य छन्ं’ पुलको विकल्पमा षडानन्द नगरपालिकाको पहलमा केहि दुरीमा रहेको कात्तिकेघाटको पुल निर्माणको काम सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार