गुलाबी जम्पसूटमा कियाराको स्टाइल (तस्बिर)

नवबहुली कियारा आडवाणी बिहे भएको केही दिनमै काममा फर्किएकी छन्। बिहेदेखि नै कियाराले आफ्नो सुन्दर लुकले फ्यानहरूलाई प्रभावित गरिरहेकी छिन्।

 

कियाराले अहिले चम्किलो गुलाबी रंगको जम्पसूटमा आफ्नो सिजलिङ तस्बिर सेयर गरेकी छिन्, जसलाई देखेर फ्यानको मुटुको धड्कन बढेको छ। कियाराले गुलाबी जम्पसूटमा आफ्ना धेरै किलर तस्विरहरू सेयर गरेकी छिन्। तस्विरमा कियाराको सुपर ग्ल्यामरस स्टाइल देख्न सकिन्छ।

 

कियाराले चम्किलो गुलाबी रंगको जम्पसूटमा बोल्ड आँखा मेकअप गरेकी छिन्। पिंक ब्लशर र न्युड लिपमा कियाराको स्टाइल हेर्न लायकको छ। कियाराले खुला घुमाउरो कपालको साथ आफ्नो लुकलाई पुरा गरेकी छन्। कियाराले ब्याकलेस पिंक जम्पसूटमा चाँदीको जुत्ता लागेकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार