लन्डनमा ‘जारी’ फिल्म प्रर्दशन हुदै

लन्डन । नेपालमा प्रर्दशन भइरहेको चलचित्र ‘जारी’ लन्डनको हेजमा पनि प्रर्दशन हुने भएको छ । यही आँउदो ७ मे का दिन हेजको द कारर्टिन ओसिस हलमा प्रर्दशन हुने भएको हो ।

 

चलचित्र प्रर्दशनका लागि टिकट विक्रि खुल्ला गरिएको व्यवस्थापन पक्षले जनाएको छ । १५ पाउण्डको दरले टिकट विक्रि भईरहेको र प्रर्दशनस्थलमा लिन चाहनेहरुको लागि २० पाउण्ट टिकट दर तोकिएको छ । प्रर्दशनबाट उठेको रकमलाई सामाजिक सेवामा खर्च गरिने पनि व्यवस्थापन पक्षले जनाएको छ ।

कवि उपेन्द्र सुब्बाद्धारा निर्देशित चलचित्र जारी मा दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको छ । लिम्बु संस्कारभित्रको जारी प्रथालाई चलचित्रमा उतारिएको छ । यसभन्दा अगाडी कवड्डी र त्यसको सिरिजको कथा लेखिसकेको कवि तथा लेखक उपेन्द्र सुब्बाले जारीबाट निर्देशन पनि शुरुवात गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार