पोर्नोग्राफी मुद्दामा राज कुन्द्रा जेल गएको कथामा फिल्म बन्ने, फिल्मको हिरो आफैं बन्ने

काठमाडौं । शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्रा बलिउडमा डेब्यूको तयारीमा छन् । सन् २०२१ मा पोर्नोग्राफी मुद्दामा राजलाई जेल जानुपरेको थियो । उनी एक महिनाभन्दा बढी समय आर्थर रोडको जेलमा बसे । यो उनको जीवनको सबैभन्दा कठिन समय थियो। अब राज कुन्द्राको जीवनको यो कालो घडीमा फिल्म बन्ने खबर आएको छ ।

 

पिंकभिल्लाको समाचार अनुसार राज कुन्द्राले आफ्नो गिरफ्तारी र जेलमा बिताएका समयलाई फिल्ममार्फत स्क्रिनमा ल्याउन लागेका छन् । स्रोतले भन्यो, ‘राज कुन्द्राले सबैभन्दा भीडभाड भएको जेल आर्थर रोड जेलमा भोगेका सबै कठिनाइहरू फिल्ममा देखाइनेछ। अहिले निर्देशकको नाम गोप्य राखिएको छ । तर राज कुन्द्रा हरेक तरिकामा रचनात्मक रूपमा संलग्न हुनेछन्। यसमा उत्पादनदेखि लिएर स्क्रिप्टसम्म सबै कुरा समावेश हुनेछ।’

 

स्रोतले थप भन्यो, ‘यस फिल्ममा राज कुन्द्राको सम्पूर्ण यात्रा देखाइनेछ । उनीमाथि लागेको आरोपको पहिलो समाचारदेखि लिएर मिडिया रिपोर्टिङ र जेलमा बिताउने र घर फर्किने सबै कुरा यस फिल्ममा हुनेछ । यो कथा कुन्द्रा र उनको परिवारको परिप्रेक्ष्यमा हुनेछ। यो चलचित्रको बारेमा छिट्टै घोषणा गरिने छ ।’

 

पोर्नोग्राफी मुद्दामा राज कुन्द्रालाई १९ जुलाई २०२१ मा पक्राउ गरिएको थियो । उनीमाथि एडल्ट फिल्म बनाएर हटसट नामक एप मार्फत वितरण गरेको आरोप लागेको थियो । यसपछि मुद्दाले विभिन्न मोड लियो र उनी जेल परे । राज कुन्द्रा ६३ दिन जेल बसेका थिए । यसपछि उनी जमानत पाएर घर आए । घर फर्किएपछि राजले पापाराजीलाई बेवास्ता गरेको देखिन्छ । उनीहरु मिडियालाई आफ्नो अनुहार पनि देखाउन चाहँदैनन् । उनले आफूलाई सामाजिक सञ्जालबाट पनि टाढा राखेका छन् ।

 

राज कुन्द्रा र शिल्पा शेट्टीले सन् २००९ मा विवाह गरेका थिए । उनीहरुको सम्बन्ध र वैवाहिक सम्बन्धलाई लिएर निकै चर्चा चलेको थियो । दुबैका दुई सन्तान छन्– एक छोरा वियान र छोरी समिशा । शिल्पा र राजले सन् २०२० मा सरोगेसीको सहयोगमा छोरीलाई स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार