अभिनेता गौरवले श्रेणीसँग गरे इन्गेजमेन्ट

अभिनेता गौरव पहारीले प्रेमिका श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका छन् । गौरव र श्रेणीको बुधबार होटल र्याडिसनमा आयोजित एक समारोहबीच इन्गेजमेन्ट भएको हो ।

 

समारोहमा दुबै तर्फका परिवार, निकट साथी र केही फिल्मकर्मीको समेत उपस्थिति रहेको थियो । इन्गेजमेन्टमा दुबैले औंठी साटासाट समेत गरेका थिए ।

 

उनीहरुको विवाह आगामी मंसिरमा हुनेछ । तीन वर्षदेखिको प्रेम सम्बन्धलाई दुबैले पारिवारिक सहमतिमा विवाहमा परिणत गर्न लागेका हुन् । श्रेणी पेशाले फिटनेस प्रशिक्षक हुन् । कलाकार टीका पहारीका छोरा गौरवले थुप्रै फिल्ममा अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार