बेलायतको अल्डरसर्टमा सविन राईले सांगीतिक प्रस्तुती दिदै

लन्डन । चर्चित पप गायक सविन राई एन्ड दि फ्यारो (म्युजिक ब्यान्ड) ले बेलायतको अल्डरसर्टस्थित सांगीतिक प्रस्तुती दिने भएको छ । २० अक्टोबरमा गायक राई एन्ड दि फ्यारो (म्युजिक ब्यान्ड) ले अल्डरसर्टको एम्पायर हलमा सांगीतिक प्रस्तुती दिने भएको हो ।

 

युवा र संगीतिप्रेमीहरुका लागि नेपालहरुको महान चाड दशै लक्षित गायक राई र उनका व्यान्ड दि फ्यारो (म्युजिक ब्यान्ड) ले प्रस्तुती दिने आयोजक पक्षले जनाएको छ । विएसके इन्टरटेन्मेन्ट र इ–लाइट इभेन्टको आयोजनामा हुन लागेको सांगीतिक प्रस्तुतीले बेलायतमा बस्ने नेपालीहरुलाई नेपालको झल्को दिने कार्यक्रम संयोजक विशाल राईले बताए ।

 

 

धरानलाई कर्मथलो बनाएका सविन राईको ‘गुँरासको फेदमुनि’, ‘म संसार जित्ने आँट’, ‘सुन्दरताको तिमी नमुना हौ’ जस्ता गीत अत्यधिक रुचाइएका गीत छन् । सन् २००१ मा उनले पहिलो एल्बम बजारमा ल्याएका थिए । सन् २००३ मा ‘सतह’ नाम एल्बम निकाले जसमा समेटिएका गीतले सविन राईलाई स्रोतामाझ चिनाएको थियो । ‘सतह’ एल्बमले उनलाई जुन सफलता दिलायो, त्यसैका कारण आजसम्म पनि सविन राईलाई संगीतप्रेमीमाझ सर्वप्रिय छन् ।

 

कार्यक्रम संयोजक राईले युवाहरुको रुचिलाई मध्यनजर गर्दै गायक राई र उनका व्यान्डलाई निम्ता गरेर कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने ‘यसपालि सविन राईले आफ्ना नयाँ पुराना गीतहरु पस्किनेछन् ।’ यही गु्रपले अघिल्लो बर्ष पनि सविन राईको सांगीतिक प्रस्तुतीको आयोजना गरेको थियो । यसपटकको सांगीतिक प्रस्तुतीमा दर्शकहरुको उल्लेख्य भीड हुने अयोजक पक्षले जनाएको छ । सांगीतिक प्रस्तुतीको अधिकांश टिकटहरु वितरण भईसकेको पनि आयोजक पक्षले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार