समाजसेवी उपमेयर शेर्पाः भत्ता बचत गरेर बालबालिकालाई न्यानो कपडा वितरण

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । समाजसेवामा तल्लिन भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पाले आफ्नो सेवासुविधाबाट बालबालिकालाई न्यानो कपडा सहयोग गरेकी छन् । बचत गरिएको बैठक भत्ताले एक विद्यालयका बालबालिकालाई न्यानो पोसाक सहयोग गरेकी हुन् ।
बालबालिकाको शैक्षिक गुणस्तरमा हौसला प्रदान गर्ने उद्देश्यले भोजपुर नगरपालिका ३, गुप्तेश्वर दाँवामा रहेको स्थानीय कालिका प्राविका २९ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी हुन् । जाडोयाममा ग्रामीण बालबालिकाहरुलाई पठनपाठनमा पुग्ने प्रतिकुल असरलाई कम गराउन न्यानो कपडा वितरण गरेको उनी सुनाउँछिन् ।
‘बैठकमा पाउने भत्तालाई जम्मा गरेर विद्यार्थी भाइबहिनीहरुलाई सानो सहयोग गरेकी हुँ । समाजसेवा नै मेरो सन्तुष्टि हो । मेरो समर्पण हो ।’ उपमेयर शेर्पाले सुनाइन् । पोसाक वितरणसंगै उपमेयर शेर्पाले सोहि विद्यालयका शिक्षक, अक्षयकोषदाता, वि. व्य.स. अध्यक्ष तथा समाजसेवीहरुलाई पनि सम्मान गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार