सलमान खानको टाइगर-३ ओटिटीमा रिलिज, फ्यानहरू उत्साहित

मुम्बई। सलमान खानका फ्यानहरुका लागि खुसीको खबर आएको छ। सलमान खान र कट्रिना कैफको एक्शन प्याक स्पाई थ्रिलर टाइगर-३ डिजिटल प्लेटफर्ममा स्ट्रिम गरिएको छ। अब दर्शकले घरमै बसेर फिल्म हेर्न सक्नेछन्। फिल्म अमेजन प्राइममा स्ट्रिम गरिएको छ।

 

सलमान खान आफैले यसको घोषणा गरेका छन्। फिल्मको पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘तयार हुनुहोस, टाइगर आउँदै छ। प्राइम भिडियोहरूमा मात्र हेर्नुहोस्।’

 

यो फिल्म नोभेम्बर २०२३ मा रिलिज भएको थियो। फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको छ। यशराज फिल्म्सले निर्माण गरेको यो चलचित्रलाई मनिष शर्माले निर्देशन गरेका हुन्। यो टाइगर सिरिजको तेस्रो किस्ता हो। यसअघि ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ रिलिज भएका थिए। दुबै फिल्मलाई फ्यानहरुले निकै रुचाएका थिए।

 

टाइगर–३ मा सलमान खानका अलावा कट्रिना कैफ, इमरान हाश्मी, रिद्धि डोग्रा पनि महत्वपूर्ण भूमिकामा छन्। बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने फिल्मले घरेलु बजारमा २८२.७९ करोडको व्यापार गरेको थियो भने ४६४करोडको विश्वव्यापी संकलन गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार