ओस्कार अवार्डको मनोनयनमा ‘ओपेनहाइमर’

९६ औं ओस्कार अवार्डको मनोनयन सार्वजनिक हुँदा ‘ओपेनहाइमर’को दबदबा देखिएको छ । यो सिनेमा सर्वाधिक १३ विधामा मनोनयनमा परेको छ ।

 

‘पुअर थिंग्स’ ११, ‘किलर्स अफ द फ्लावर मुन’ १०, ‘बार्बी’ ८, ‘माएस्ट्रो’ ७ र ‘अमेरिकन फिक्सन’, ‘एनाटोमी अफ अ फल’, ‘द होल्डओभर्स’, ‘द जोन अफ इन्ट्रेस्ट’ समान ५/५ विधामा मनोनयनमा परेका छन् ।

 

‘ओपेनहाइमर’बाट किलियन मर्फी, एमिली ब्लन्ट र रोबर्ट डाउने जुनियर अभिनयको विधामा मनोनयनमा परेका छन् । क्रिस्टोफर नोलन निर्देशनको विधामा मनोनयनमा परेका छन् ।

 

मनोनयन सूची :
सर्वश्रेष्ठ फिल्म
ओपेनहाइमर, अमेरिकन फिक्सन, एनाटोमी अफ अ फल, बार्बी, द होल्डओभर्स, किलर्स अफ द फ्लावर मुन, माएस्ट्रो, पास्ट लाइभ्स, पुअर थिंग्स र द जोन अफ इन्ट्रेस्ट ।

सर्वश्रेष्ठ निर्देशन
ओपेनहाइमर: क्रिस्टोफर नोलन
एनाटोमी अफ अ फल: जस्टिन ट्रिएट
किलर्स अफ द फ्लावर मुन: मार्टिन स्कोरसिज
पुअर थिंग्स: योर्गोस ल्यान्थिमोस
द जोन अफ इन्ट्रेस्ट: जोनाथन ग्लेजर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार