उपमेयर शेर्पा, जाे बाँड्छिन् गाउँगाउँका विद्यार्थीलाई न्यानो पोसाक र शैक्षिक सामाग्री

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । सद्मार्गको पहिलो आधार सत्कर्म । जनताबाट चुनिएर आएपछि विभितिनिधीका लागि राज्यले विभिन्न समयमा विभिन्न शिर्षकमा भत्ता, सेवासुविधा पनि प्रदान गर्दै आएको छ । त्यो सेवासुविधा व्यक्तिअनुसार नै खर्च हुने गर्छ । तर भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पा भने आफुले पाएको सेवासुविधालाई कल्याणकारी काममा खर्चिन्छिन् ।

शैक्षिक क्षेत्रमा गुणस्तरीयता थप्न थालिएको उनको यो परोपकारी अभियानलाई स्थानीय सरोकारवालाहरुले खुलेर प्रशंसा गर्ने गरेका छन् ।

विभिन्न समयमा विभिन्न शिर्षकमा आफुले पाएको भत्ता, सेवासुविधाबाट बचत गरेको रकमले उपमेयर शेर्पाले विकट गाउँगाउँसम्म पुगेर दर्जनौँ ग्रामीण भेगका सामुदायिक विद्यालयहरुमा न्यानो कपडा र शैक्षिक सामाग्री बाँड्ने गरेकी हुन् । उनी आफ्नो व्यस्त समयका बावजुत पनि केहि फुर्सद निकालेर गाउँका विद्यालयहरुमा पुग्ने, जनतासंग प्रत्यक्ष भेटघाट गर्ने गर्छिन् । शैक्षिक क्षेत्रमा गुणस्तरीयता थप्न थालिएको उनको यो परोपकारी अभियानलाई स्थानीय सरोकारवालाहरुले खुलेर प्रशंसा गर्ने गरेका छन् ।
‘२०४६ सालदेखि यो गाउँमा चुनावमा भोट माग्नबाहेक कोहि जनप्रतिनिधीहरु फर्केर आएका थिएनन्, तर उपमेयर निर्मला बहिनी बेलाबेला आउनुहुन्छ, दुःखसुख साट्नुहुन्छ, स्कुलमा सहयोगहरु दिनुभएको छ, गाउँमा केहि विकासका कामहरु चलाउनु भएको छ’ भोजपुर नगरपालिका वडा नं ५, मुडेका स्थानीय प्रकट बहादुर कार्कीले भने, ‘जनप्रतिनिधी भनेको उहाँ जस्तो हुनुपर्छ, जनताको नजिक हुनुपर्‍यो, हाम्रा कुराहरु सुनिदिनुहुन्छ’
१२ वडा रहेको उनको नगरपालिकामा आफ्नो कार्यकालभित्र नगरक्षेत्रभरिका खस्कँदो ग्रामीण शैक्षिकस्तरलाई सुधार गर्ने उपमेयर शेर्पाको अठोट छ । २०७८ सालको स्थानीय तहको चुनावबाट निर्वाचित शेर्पाले नगरको सानादेखी ठुला कामहरुमा सक्रिय छिन् । आर्थिक रुपले विपन्न समुदायका बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने र उनीहरुको उज्ज्वल शैक्षिक भविष्यको सुनिश्चित गराउने विद्यालय व्यवस्थापनमा नगरको पहिलो प्राथमिकता रहने उनी सुनाउँछिन् । ‘शिक्षा नै सबै चिजको पहिलो आधार भएकोले मैले पाउने सम्पूणर् सेवासुविधाबाट बचत भएको पैसाले विद्यालयहरुमा न्यानो पोसाकसंगै शैक्षिक सामाग्री बाँड्ने सोचले यो अभियान थालेकी हुँ’ उपमेयर शेर्पाले थपिन्, ‘मेरो कार्यकालभरि सबै क्षेत्रका विद्यालयहरुको शैक्षिक गुणस्तरमा बृद्धि गर्न भौतिक पूर्वाधारदेखि विद्यालयका सम्पूणर् व्यवस्थापनका लागि नगरबाट बजेट छुट्याएर काम गरिरहनेछु’
स्थानीय तहमा चुनिएर आएका कमै जनप्रतिनिधीहरु मात्र नागरिकको घरदैलोमा पुग्ने गरेका छन् । तर उपमेयर शेर्पा भने आफ्नो जिम्मेवारीसंगै गाउँका साना बालबालिकाहरुसंग आफ्ना खुशीहरु साट्ने गरेकी छन् । उनको यो सामाजिक भलाईको कामबाट अरु जनप्रतिनिधीहरुले पनि केहि सिक्नुपर्ने सरोकारवालाहरुको अपेक्षा छ ।

भिडियो लिंक तल दिईएको छः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार