
भोजपुर । बान्तावा भाषा तथा संस्कृति उत्थान प्रतिष्ठान (बान्तावा खिम) भोजपुर नगरपालिका कार्यसमितिको अध्यक्षमा सिद्धिकुमार राई सर्बसम्मत चयन भएका छन् । बान्तावा खिम भोजपुर नगरको पहिलो अधिवेशनबाट राई नेतृत्वको १७ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो ।
बान्तावा खिम भोजपुर नगरको पहिलो अधिेवेशनबाट अध्यक्षमा सिद्धिकुमार राई, उपाध्यक्षमा आशादेवी राई, सचिवमा शेरबहादुर राई, सह–सचिवमा बिमला राई, सह–सचिवमा रामजित राई, कोषाध्यक्षमा दिपकुमार राई, सदस्यहरुमा मेखराज राई, कृष्ण राई, कमला प्रधान राई, भिमकुमार राई, उमेश राई, नेत्र राई, विन्द्र राई, चन्द्रकुमार राई, सत्यकला राई, प्रदिप राई र संग्राम प्रसाद राई चयन भएका छन् ।
विशेषगरि बान्तावा खिमले पछिल्ला वर्षहरुमा विभिन्न राई बान्तावा भाषाको संरक्षण र पुस्ता हस्तान्तरण गर्ने किसीमका जागरण मुलक तालिम, अभिमुखीकरण, गोष्ठीका कार्यक्रमहरु गर्दै आईरहेको वान्तावा खिम भोजपुरका उपाध्यक्ष शरणबहादुर बान्तावा रुङ्माहाङले जानकारी दिए । किरात राई बान्तावा भाषा, संस्कृतिको प्रर्बद्धन तथा उत्थानका लागि स्थापित उक्त बान्तावा खिमको केन्द्रिय अधिवेशन यहि फागुन १६ आयोजना हुँदैछ ।







