एकदेव लिम्बुले नेहा कक्करसँग मिलेर हिन्दी गीत ‘झिम झिम’ ल्याउँदै

नेपाली गायक एकदेव लिम्बुको विश्वचर्चित गीत ‘झिमझिमाउने आँखा’ हिन्दी भाषामा रिलिज हुने भएको छ । गीतको हिन्दी संस्करण ‘झिम झिम’ आउने जानकारी उनले दिएका छन् ।

 

रोचक के छ भने, हिन्दी गीतको गायनमा उनले चर्चित भारतीय गायिका नेहा कक्करसँग सहकार्य गर्ने भएका छन् । गीतको भिडियो प्लेडीएम अफिसियल युट्युब च्यानलबाट रिलिज हुने एकदेवले बताएका छन् । हिन्दी गीतको कम्पोज चाहिँ रजत नागपालले गरेका छन् । गीतको टिजर बुधबार आउनेछ ।

 

गीतको हिन्दी संस्करण जुन २७ मा रिलिज हुनेछ । ‘यो क्षण मेरो करिअरको सबैभन्दा ठूलो कोशेढुंगा हुनेछ’ एकदेवले लेखेका छन् । लिम्बुको गीत ‘झिमझिमाउने आँखा’ युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा परेको थियो । विभिन्न देशको युट्युब ट्रेन्डिङमा पनि यी गीत परिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार