अमेरिका र भारत व्यापार सम्झौताको धेरै नजिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारत व्यापार सम्झौताको ‘धेरै नजिक’ रहेको बताएका छन्।

 

ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने , “हामी भारतसँग सम्झौताको धेरै नजिक छौं। भारतको बजार अमेरिकाको लागि अझ खुल्नेछ।”

 

भारत र अमेरिकाबीच व्यापार सम्झौताको बारेमा विगत केही हप्तादेखि वार्ता भइरहेको छ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ मा भारतमा २७ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। तर, पछि यसलाई जुलाई ९ सम्मका लागि स्थगित गरिएको थियो। यो समयसीमा फेरि अगस्ट १ सम्म बढाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार