‘चीन र भारत साझेदार हुन्’

 चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन र भारत प्रतिद्वन्द्वी नभई सहयोगी साझेदार देश भएको औंल्याएका छन्। उनीहरुले दुई देश एकअर्काको लागि खतरा नभई विकासका अवसर भएको बताए।

 

आइतबार र सोमबार हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलन २०२५ अघि दुई नेताहरू उत्तरी चिनियाँ बन्दरगाह शहर तियानजिनमा भेटेका थिए।

 

सीले गत वर्ष मोदीसँग भएको सफल भेटघाटको स्मरण गरे। उक्त भेटले चीनभारत सम्बन्धलाई पुनस्र्थापित गर्न र नयाँ सुरुवात गर्न सक्षम बनाएको साथै दुई देशहरू बीचको आदानप्रदान र सहयोगले नयाँ प्रगति गरेको स्मरण गरे।

 

चीन र भारत प्राचीन सभ्यताहरू, विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका देशहरू र ग्लोबल साउथका महत्त्वपूर्ण सदस्यहरू हुन् भन्ने कुरा उल्लेख गरे। सीले दुई देशले दुई जनताको कल्याणमा सुधार गर्ने, विकासशील देशहरूको एकता र पुनरुत्थानलाई प्रवद्र्धन गर्ने र मानव समाजको प्रगतिलाई अगाडि बढाउने महत्वपूर्ण जिम्मेवारी वहन गर्ने बताए।

 

चीन र भारतले राम्रो सम्बन्धमा छिमेकी बन्नुपर्छ र एकअर्कालाई सफल हुन मद्दत गर्ने साझेदार बन्नुपर्छ भन्ने सीको धारणा थियो। यस वर्ष चीनभारत कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वार्षिकोत्सव भएको कुरा उल्लेख गर्दै सीले दुई देशले द्विपक्षीय सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्न र सम्हाल्न आवश्यक रहेको बताए।

 

यता, मोदीले भारत र चीन प्रतिद्वन्द्वी नभइ साझेदार रहेको र सहमति असहमतिभन्दा धेरै माथि रहेको उल्लेख गरे। उनले भारत द्विपक्षीय सम्बन्धलाई दीर्घकालीन दृष्टिकोणबाट हेर्न र विकास गर्न तयार रहेको उल्लेख गरे।

 

मोदीले पारस्परिक विश्वास, सम्मान र संवेदनशीलताको सिद्धान्तमा चीनसँगको सम्बन्धलाई अगाडि बढाउने भारतको प्रतिबद्धता रहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार