गंगा सोनाम नेपाल आइडल सिजन–६ को विजेता

गायन रियालिटी शो नेपाल आइडल सिजन–६ को विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बन्न सफल भएकी छन् । आइतबार भएको ग्रान्ड फिनालेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै गंगा नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन् ।

 

विजेता बनेसँगै गंगाले नगद २५ लाख रूपैयाँ,  ट्रफीसहित विभिन्न उपहार समेत जितिन् ।  त्यस्तै, फस्ट रनरअप बबिता थापामगर र सेकेन्ड रनरअप दर्शना गान्धारी भइन् । उनीहरूले क्रमशः नगद १० लाख र पाँच लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरे ।

 

नेपाल आइडलको यो सिजनमा निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार