प्रसुन्ना कँडेललाई ‘युके व्युटी एण्ड ब्रेन’ को तेस्रो उपाधी

लन्डन । बेलायतमा सम्पन्न ‘युके व्युटी एण्ड ब्रेन’ प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै सहभागी भएकी प्रसुन्ना कँडेलले तेस्रो उपाधी हासिल गरेकी छिन । लन्डनको द प्रिन्सेस रिजेन्ट होटलमा सोमबार भएको प्रतियोगितामा कँडेलले तेस्रो उपाधी हासिल गरेकी हुन ।

 

मिस, मिसेस र क्लासिकल गरी तीनवटा विधामा भएको प्रतिस्पर्धामा कँडेलले मिस क्याटगोरीको विधामा आफुलाई प्रस्तुत गरेकी थिइन । मिस अन्तर्गत विधाको प्रतिस्पर्धामा उनले तेस्रो उपाधी जितेकी हुन । युके व्युटी एण्ड ब्रेन प्रतियोगिता अन्र्तगत रहेको ‘आर्टिस अफ द एयर अवार्ड २०२२’ पनि उनले जितेकी छिन ।

 

४५ जना सहभागीता रहेको प्रतिस्पर्धामा प्रत्येक विधामा १५ जनाको दरले रहेका थिए । प्रतियोगिताका क्रममा उनले आफ्नो सो रिलमा अंग्रेजी, नेपाली, पाकिस्तानी र बलिउडमा काम गरेका लीड रोल र सपोर्टिङ रोलमा अभिनयका दृश्यहरु देखाएकी थिइन् । साथै अंग्रेजी, नेपाली, इटालियन र अफ्रिकन मेजर भिडियो, अंग्रेजी, नेपाली सट मुभि, पाकिस्तानी प्ले, यु टिभीका व्यवसायिक दृश्यहरु पनि उनले राखेकी थिइन् । उनी भर्सटाइल कलाकार अफ यूके ब्युटी एन्ड ब्रेनको रुपमा पनि सम्मानित भएकी थिइन ।

 

प्रतियोगिताको पहिलो राउण्डमा प्रसुन्नाले आफुलाई बोल्ड र ग्ल्यामरस मोडेलको रुपमा प्रस्तुत गरेकी थिइन । प्रतियोगिताको क्रममा भएको प्रश्नउत्तरमा उनले राखेको विचारहरुबाट निर्णायक र दर्शकहरु समेत प्रभावित भएका थिए । उनले हरेक उमेरका व्यक्तिहरुका मानसिक, स्वास्थ्य र भावानामा कलाले प्रभाव पार्ने पनि विचार राखेकी थिइन ।

 

धेरै चलचित्र र म्युजिक भिडियोहरुमा समेत अभिनय गरेसकेकी कँडेल पेसाले बेलायतको एनएचएस (राष्ट्रिय स्वास्थ्य  से

वा) का सिनियर नर्स हुन । विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध रहेर पनि कँडेल सामाजिक सेवा गर्दै आएकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार