दुईवटा कृतिलाई पहिचान पुरस्कार

लन्डन । पहिचान पुरस्कार कोषले २०७८/२०७९ को पहिचान पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ ।

 

प्रत्येक बर्ष बेलायतबाट वितरण हुदै आएको पहिचान पुरस्कारले दुईवटा कृतिलाई पुरस्कृत गरेको हो । जातीय पहिचान लेखनलाई उत्प्रेरणा दिने उद्देश्यसहित स्थापना भएको पहिचान पुरस्कार कोषले सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र गुरु उपन्यासलाई पुरस्कार प्रदान गरिने भएको संस्थापक नरेश काङमाङले बताए ।

 

लिम्बु जातीको विषयमा खोज अनुसन्धान गर्ने अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङले ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ लाई महत्वपूर्ण दस्तावेज मानिएको छ । धरानको विजपुरमा क–कस्ले राज्य ग¥यो र सेनबंसीहरुको उदय कसरी भयो भन्ने विषय यस पुस्तकमा छ ।

 

कविता राईद्धारा लिखित गुरु उपन्यास सरल गाउँले जनजिव्रोमा जोडिएको भाषा शैलीमा लेखिएको पुर्वी पहाडदेखि पश्चिम लमजुङको दुरा डाँडासम्मको कथा र कथाका पात्रारु जोडिएका छन् ।

 

संस्थाले जनाए अनुसार, चैत्र ४ गते भोजपुरको चखिया डाँडामा पुरस्कार वितरण गरिने छ । गतसाल पनि चखियामा चैत्र ४ गते नै पुरस्कार प्रदान गरिएको थियो । चैत्र ५ गते एक दिने ‘काब्य मुन्दुम पथ यात्रा’ गर्ने तालीका तय गरेको छ । उक्त यात्राको आउनु हुने पाहुनाहरुलाई खान र बस्नको लागि निशुल्क ब्यावस्था गरिने संस्थाले जानकारी गराएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार