
पछिल्लो समय नेपाली चलचित्रहरुको छायांकन विदेशमा गर्ने लहर नै चलेको छ । त्यसमध्ये पनि निर्देशकहरुका लागि बेलायत पहिलो रोजाई नै बन्ने गरेको छ । बेलायत छायांकन गर्ने स्पट मात्रै नभई नेपाली चलचित्र बजारले एउटा हिस्सा नै ओगटदै आएको छ । बेलायतमा नेपाली समुदायहरुको बसोबास बृद्धि भएसंगै चलचित्रको बजार पनि फराकिलो बन्दै गएको छ । जसबाट नेपाली चलचित्रमा अभिनय गर्ने कलाकारहरुको भीड पनि बढदै गएको छ । त्यसको उदाहरण स्वरुप एक बर्ष अघि कलाकार रोमियन लिम्बुको अध्यक्षतामा नेपाल चलचित्र कलाकार संघ नै स्थापना भएको छ । बेलायतमा रहेका सम्पुर्ण कलाकारहरुलाई संगठित र एउटै छाताभित्र ल्याउने अभिप्रायले स्थापना भएको नेपाल चलचित्र कलाकार संघले कलाकारहरुको हित र उत्थानमा काम गर्ने लक्ष्य लिएको छ । लामो समयदेखि नेपाली चलचित्रमा अभियन र निमार्ण समेत गर्दै आएकी रोमियन लिम्बु दर्जनौं नेपाली चलचित्र र म्युजिक भिडियोहरुमा अभियन गरिसकेका छन । लिम्बुले बेलायत बसेर नेपाली चलचित्रमा अभिनय र चलचित्र विकासमा योगदान समेत दिदै आएकी छिन । कलाकारिता र संस्थाको गतिविधि लगायत विविध बिषयमा नेपाल चलचित्र कलाकार संघ बेलायतका अध्यक्ष रोमियन लिम्बुसंग सिलिचुङ डटकमका लागि किरण राई गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।
नेपाल चलचित्र कलाकार संघ बेलायतको अध्यक्ष हुनुहुन्छ । बेलायतमा नेपाल चलचित्र कलाकार संघ कुन उद्देश्यसहित स्थापना गर्नुभएको हो ?
नेपाल चलचित्र कलाकार संघ बेलायत नेपाली कला संस्कृतिको विकासमा टेवा पुगोस र चलचित्र कलाकारिता गर्ने कलाकारहरुको हित र उत्थान गर्न सकियोस भनेर स्थापना गरिएको हो । नेपाल चलचित्र कलाकार संघको अध्यक्ष भएको नाताले नेपाली कलाकार र नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा विकास गर्ने हाम्रो अभियान र लक्ष्य हो भने यसबाट नेपाल र बेलायतमा रहेका कलाकारहरुवीचमा सम्बन्धलाई प्रगाढ बनाउदै लैजाने रहेको छ । साथै नेपाली कला संस्कृतिलाई चलचित्रको माध्यमबाट विश्वसामु पुर्याउने पनि हाम्रो उद्देश्य रहेको छ ।
नेपाल चलचित्र कलाकार संघ बेलायतले कलाकारहरुको निम्ती के काम गरिरहेको छ ?
बेलायतमा छरिएर रहेका सम्पुर्ण कलाकारहरुलाई एकीकृत गर्ने पहिलो ध्येय लिएर कलाकार संघको स्थापना गरेका हौं । हामीले बेलायतमा रहेका सम्पुर्ण कलाकारहरुलाई संगठित गरिरहेका छौं । यस संघले नेपालबाट आएका चलचित्रकर्मीमात्र नभएर चलचित्रसंग आवद्ध रहेकाहरुलाई विभिन्न कार्यक्रमहरुबाट स्वागत गर्ने अन्तरक्रिया गर्ने गरेका छौं जुन नेपाल र बेलायतमा रहेका नेपाली कलाकारवीच सम्बन्ध र परिचयको राम्रो माध्यम बनिरहेको छ ।
नेपाल चलचित्र कलाकार संघ बेलायतमा कति कलाकारहरु आवद्ध छन ? कलाकारहरुको संख्यामा बृद्धि हुने क्रम कस्तो देख्नुहुन्छ ?
बेलायतको अवस्था नियल्दा यहाँ धेरै कलाकार हुनुहुन्छ । संस्थाहरु पनि धेरै छन । चलचित्रमा मात्रै सम्बद्ध छैन जो चही कलाकारिता संग पनि आवद्ध हुनुहुन्छ । सबै कलाकारहरुलाई एउटै छाताभित्र ल्याउन सकिरहेको छैन । त्यो कारणले यति नै छ भन्न सकिने अवस्था छैन । भविष्यमा एउटै थलोमा बसेर काम गर्ने छौं भन्ने लागेको छ । दिनानुदिन नयाँ कलाकारहरु बेलायतमा आइरहेको छ । बेलायतबाट गएर नेपाली चलचित्रहरुमा अभिनय गर्ने र स्थापित भइरहेका छन । यसले गर्दा बेलायतमा कलाकारहरुको संख्यामा बृद्धि त अवश्य नै भइरहेको छ । यसलाई एकीकृत बनाउन कुरामा हामी छुटिरहेका छौं ।

नेपाल चलचित्र कलाकार संघ बेलायतले नेपाली चलचित्र विकासमा कस्तो टेवा पुर्याउन सक्छ ?
नेपाल चलचित्र कलाकार संघ बेलायतले जति पनि नेपालमा बनेको चलचित्रहरुलाई बेलायतमा प्रर्दशन गरिरहेको छ । यसले थोरै भएपनि आर्थिक टेवा पुगेको छ । साथै बढि भन्दा बढि चलचित्रहरु बनाउने अवसर जुराईदिएको छ । केही प्रतिशत भएपनि लगानीलाई सुरक्षित गरिदिएको छ । नेपालमा बनाएको चलचित्रहरु कुन माध्यमबाट प्रर्दशन गर्ने हो भन्ने बिषयमा नेपाल चलचित्र कलाकार संघ बेलायत गम्भिर भएर दत्तचित्त भएर सहयोग गरिरहेको छ । जसबाट नेपालमा बनेका अधिकांश चलचित्रहरु प्रर्दशन गरेर लगानी उठाउन मद्दत भइरहेको छ । यसले नेपाली चलचित्रको बजारलाई समेत फराकिलो बनाएकोब छ ।
तपाई एक कलाकार भएकाले बेलायतमा नेपाली चलचित्र र चलचित्रकर्मीहरुको अवस्था कस्तो छ ?
म आफै कलाकार मात्रै नभएर कलाकारहरुको प्रनिनिधित्व गर्ने संस्थाको अध्यक्ष भएको नाताले बेलायतमा पछिल्लो केही चलचित्रहरु बनिरहेका नै छन । तर अवस्था नाजुक छ । यहाँका कलाकार र चलचित्रकर्मीहरुले व्यस्तताको बावजुत र हाम्रो चलचित्रको बजारको अवस्थाले पुरै समय दिन सक्ने अवस्था छैन । अहिले हामीले स्यंमसेवी भुमिकामा काम गर्नुपरिरहेको छ । अन्य काम गरेर थोरै समय चलचित्रलाई समय दिनुपरेको छ । किन भने नेपाली चलचित्रको बजारले जीवननिर्वाह गर्न सक्ने अवस्था छैन । त्यसै पुरै समय दिन सकिरहेको छैनौं । चलचित्र जगत घाटा व्यहोर्नुपरिरहेको छ । जुन रुपमा गुणस्तरतामा चुक्दै आएका छौं ।
बेलायतमा नेपाली चलचित्रको बजार कस्तो छ ? नेपाली चलचित्र हेर्ने दर्शकहरुको अवस्था कस्तो छ ?
बेलायतमा नेपाली चलचित्र हेर्ने दर्शकको अवस्था धेरै तल देख्छु । किनभने उहाँहरुले अन्तरािष्ट्रय स्तरको चलचित्र हेर्ने बानी बसेको छ । जुन नेपाली चलचित्रमा त्यो गुणस्तर छैन । हलिउड र बलिउडलाई तुलना गर्ने बानी छ । त्यसैले विदेशमा बस्ने दर्शकहरुको इच्छा चाहनाहरुलाई बुझेर राम्रो चलचित्र बनाए राम्रो हुन्छ । अन्तराष्ट्रिय स्तरको गुणस्तरमा निमार्ण गर्न नसकेको पनि आफ्नैपन र विशेषता भएको दर्शकको मन जित्ने चलचित्र निमार्ण गर्न सके यसको बजार बृद्धि भएर आत्मनिर्भर बन्न सक्थ्यो ।
पछिल्लो समय बेलायतमा नेपाली चलचित्रहरु बनिरहेको छ ? बेलायतमा बन्ने चलचित्रहरु आत्मनिर्भर बन्न सक्ने अवस्था कतिको देख्नुहुन्छ ? बेलायतमा बस्ने कलाकारहरु अभिनय गरेर जीवननिर्वाह गर्न सक्ने अवस्था आउन सक्ला ?
बेलायतको सन्दर्भमा कलाकार लगायत चलचित्रकर्मीहरुले यसै क्षेत्रमा लागेर जीवननिर्वाह गर्न सक्ने अवस्था छैन । जीवन निर्वाहको लागि अरु नै काम गरेर स्यमंसेवी तवरले नेपाली चलचित्रलाई समय दिनुपरिरहेको छ । नेपाली चलचित्र निमार्णको क्रममा गुणस्तरलाई ध्यान दिनु जरुरी छ । चलचित्र बनाउने क्रममा मेकरहरुले समय निर्धारण गरेर राम्रो चलचित्र बनाउन सके मात्रै चलचित्रहरु आत्मनिर्भर बन्न सक्छ । मुख्यतया चलचित्र निमार्ण गर्दा गुणस्तरीयतामा कमी, चलचित्र हेर्ने दर्शकको हेराई र बुझाई हलिउड र बलिउडको तुलना गर्ने गरेकाले चलचित्र जगत विकास हुन सकेको छैन । चलचित्रको बजार पनि साँघुरिएको जस्तो लाग्छ । नेपाली चलचित्र हेर्ने दुष्टिकोण राम्रो नभएको जस्तो पनि छ ।
अव तपाईसंग सम्बन्धित व्यक्तिगत कुराकानी गरौं । कलाकारितामा कसरी लाग्नु भयो ? कुन कुराले कलाकारितामा लाग्ने उत्प्रेरणा जाग्यो ?
जव सानो बाल्यकाल हुदाँ स्कुल पढदा म डान्सहरु गर्थे, त्यसै कारणले पनि मलाई कलाकारिता लाग्ने उत्साह जाग्यो । म आफु पनि सानो उमेरमै मुभिहरु पनि गरिसकेको थिए । त्यसैले पनि यस क्षेत्रमा आउने उत्प्रेरणा भयो । परिवार परिस्थितिले पनि केही समय स्थगित पनि गरे । फेरी पनि ६ बर्षपछि निमार्ताको रुपमा चलचित्र क्षेत्र जगतमा प्रवेश गरे । त्यही कारणले गर्दा आजको जिम्मेवारीमा छु । मेरो जिम्मेवारीलाई न्याय दिन सक्छु भन्ने मलाई लागेको छ ।
तपाई कलाकारितासंगै सामाजिक कार्यमा पनि संलग्न हुनुहुन्छ ? बेलायत जस्ता व्यस्त ठाउँमा आफ्नो काम, कलाकारिता, सामाजिक कार्य र पारिवारिक जीवनमा कसरी समय व्यवस्थापन गरिरहनुभएको छ ?
समाजसेवा भनेको भनेर मात्रै हुने कुरा होइन, काम गरेर देखाउने हो । एक त हामी बेलायत जस्तो ठाउँमा छौं । परिवार, समाज, काम र आफ्नो जिम्मेवारीहरु एकैपटक लानु एकदमै चुनौती हुन्छ । तर पनि यी कुराहरुलाई मैले राम्ररी चिनेको छु । चुनौतीपुर्ण अवस्थामा पनि सहज तरिकाले संगै लाने प्रयास गरिरहेको छु । समाजसेवा सानो उमेरदेखि गर्दै आएको हो । चलचित्र संघको अध्यक्ष भएर काम गरिरहेको छु । जति पनि बुझेको भोगेको कुराहरु छन । संस्थाका सबै कर्तब्यहरु निभाइरहेको छु । अझै राम्रो काम गर्ने छु गर्दै जानेछु । मेरो टिमले साथ सहयोग दिइरहनु भएको छ । साथै मेरो परिवारलाई सबैभन्दा बढि प्राथमिकता दिने गरेको छु । मेरो समय परिवारलाई सबै भन्दा धेरै दिने गर्छु । परिवारप्रति गर्ने कर्तब्य निर्वाह गर्नेछु । परिवारप्रति भुमिका निर्वाह गर्न पाउँदा सबै दुखहरु भुल्ने गर्छु । जीवनको हरेक पलमा ठेस खाए पनि निरास नहुने चेष्टा लिई अगाडी बढिरहेको छु । बाल्यकालमा गर्न नपाएको कामहरु गर्न पाएको छु । परिवार भएकाले म छु त्यै भएकाले समाजिक सेवा र कलाकारिता गरिरहेको छु ।

कलाकारिता विकास र चलचित्र विकासका लागि तपाईहरुको आगमी योजना के छ ?
बेलायतमा छरिएर रहेका कलाकारहरुलाई एकजुट बनाउने योजना छ । अहिले योजना अनुसार कोरोनाका कारण काम गर्न सकेको छैन । भोलीका दिनमा सबैको विश्वास जितेर काम गर्नेछु । मेरो लक्ष्य भनेको सबै कलाकारहरु एउटै छानामुनी रहेन र गुणस्तरीय चलचित्र निमार्ण गरेर आम दर्शकको मन जित्ने लक्ष्य रहेको छ । त्यसका लागि चलचित्रको विकासमा योजनामा बनाएर तदारुकताका साथ काम गर्नेछु ।
साथै अन्त्यमा अहिले विश्व कोविड १९ को महामारीले नराम्ररी थलिएको छ । त्यसले यसको चाडै अन्त्य होस भन्न चाहन्छु । साथै नेपाली नवबर्ष २०७८ को सम्पुर्णलाई मंगलमय हार्दिक शुभकामना दिन चाहान्छु । नयाँ बर्षले सबै नेपालीहरुमा नयाँ उमंग ल्याउने काम गरोस भनी कामना गर्दछु ।








