
संसारमै प्यारो लाग्ने मेरो देश नेपाल
तह मिलि बनेको छ तराई पहाड हिमाल
प्रकृतिको धनी नेपाल चारैतिर हरियाली
सँस्कृति छ झिलिमिलि मेची महाकाली
लालीगुराँस सुनाखरी डाँडापाखा बनैभरी
भेषभुषा रितिरिवाज सन्तान हामी थरिथरी
गौतम बुद्ध जन्मेको देश छाती त्यसै फुल्छ
शिरमाथि सगरमाथा मुस्कुराउदै खुल्छ
बनजङ्गल जडिबुटी यहि छ अनेक खानी
परिश्रमले बनाउँ नेपाल बनौ भाग्यमानी
अनिला राई
हाल बेलायत







