भोजपुुर । विश्व अल्ट्रा धावक मिरा राईको सम्मानमा आयोजित दोश्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस दौडमा सोलुखुम्बु माकलुङ गाउँपालिकाकी निरकला राई र धनकुटा साँघुरीगढी गाउँपालिकाका विवेक राई च्याम्पियन बनेका छन् । भोजपुर सदरमुकाम टुँडिखेलबाट सुरु भएको दौडमा निरकलाले निर्धारित ५२.०६ किलोमिटरको दुरी ६ घण्टा २२ मिनेट १२ सेकेन्डमा र विवेकले सोही दुरी ५ घण्टा ३२ मिनेट ४ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् ।
‘शितल मौसमका बाबजुत दौडन सहज बन्यो । भोजपुर आएर पहिलो पटक दौडन पाउँदा नयाँ रमाईलो र खुशी लाग्यो ।’ निरकलाले भनिन्, ‘भविष्यमा मिरा दिदी जस्तै अब्बल धावक बन्ने लक्ष्य छ ।’ यसअघिका धेरै दौडमा सहभागी भएका विवेकको भने यो पहिलो उपाधि हो । उनले दौड जितेपछि आफुलाई अझै हौसला थपेको बताए ।
महिला र पुरुषतर्फ बेग्लाबेग्लै एकैसाथ गरिएको दौडमा महिलातर्फ सोलुखुम्बुकै पुर्णिमा राई द्धितीय र भोजपुर नगरपालिकाकी प्रतिभा श्रेष्ठ तृतीय स्थानमा आउँदा पुरुषतर्फ भोजपुर आमचोकका उमेश राई दोश्रो र भोजपुर नगरपालिका हेलौँछाका राम बहादुर गुरुङ्ग तेश्रो भए । भोजपुर नगरपालिका पोखरेका सरोज राई चौँथो र टेम्केमैयुङ्ग गाउँपालिका छिनामखुका मौसम राई पाँचौ बन्न सफल भए । दौडमा विजयी प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौ हुने महिला तथा पुरुष खेलाडीले क्रमशः ५० हजार, २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगदका साथमा ट्रफी मेडल र प्रमाण पत्र पाएका छन् ।
दौडमा सामुहिक रुपमा प्रथम हुने रिमाचुङ स्पोर्टिङ, दितिय हुुने हाम्रो राम्रो र तृतिय हुने रुद्र थापाको समुहले क्रमशः १० हजार, ८ हजार, ५ हजारका साथ ट्रफी र प्रमाण पत्र प्राप्त गरे । १७ महिला र ६३ पुरुष गरि ८० जनाको सहभागिता रहेको दौड भोजपुरको सहिदपार्कबाट धापखर्क, सुन्तले, बाखखोर, लुुभुभञ्ज्याङ, चुचेमानदेखि ढुङ्गेखर्कसम्म र पुनः सोही मार्ग हँुदै सहिद पार्कमा आएर अन्तिम चेक प्वाईन्ट राखिएको थियो ।