पुस्तक नअाएपछि वेबसाईटकाे भरमा पढाई

  सिलिचुङ सम्वाददाता

भोजपुर  । हालै कक्षा ९ मा भर्ना भएकी भोजपुर नगरपालिका ७, डाँडागाउँकी प्रतिबिम्ब राईले भविष्यमा आफु इन्जिनियर बन्ने लक्ष्यले ऐच्छिक विषयमा विज्ञान रोजीन् । तर शैक्षिकसत्र सुरुभै दोश्रो त्रैमासिक परिक्षा आउन लाग्दासम्म उनको हातमा पुस्तक नआएपछि उनी परिक्षाको तयारी कसरी गर्ने भन्ने अन्योल छन् ।
‘सुरुमा विज्ञान पढ्ने भनेर यो विषय लिईयो तर चार महिना वित्दासम्म पुस्तकको अनुहार देख्न पाईएन । परिक्षा आउन लागेको छ, कसरी तयारी गरेर दिने होला ।’ दोधारेपन देखाउँदै उनले भनिन् । प्रतिबिम्ब जस्तै अन्य १५ जना साथिहरुको पनि हालत उस्तै छ । स्थानीय विद्योदय माध्यामिक विद्यालयमा एच्छिक विज्ञान विषय लिएर पढ्ने विद्यार्थीहरुले हातमा पुस्तक नपाउँदा उनीहरुको पढाई समेत बाधा पुगेको छ ।

प्रत्येक पाठको पाठ्यसामाग्री वेबसाईटमार्फत डाउनलोड गरी फाेटाेकपी निकालेर पढाउनुपर्दा शिक्षक–विद्यार्थी दुवैलाई समस्या भएको छ ।

पुस्तक नआएपछि विद्यालयले अनलाईनबाट पाठ्यसामाग्री डाउनलोड गरेर उक्त ऐच्छिक विज्ञान विषयको पठनपाठन गराईरहेको छ । पुस्तक पसलमा पुस्तक नआएपछि विद्यालयले काठमाडौंमा पनि पाउन नसकेको बताएको छ । विषय शिक्षक स्वयम्लाई जनक शिक्षा सामाग्री केन्द्र, काठमाडांैमा पठाउदा पनि पुस्तक नपाएको विद्यालयका प्र.कमलप्रसाद राईले बताए ।
कक्षा ११ र १२ मा विज्ञान विषयको पठनपाठन हुने भएकोले यो शैक्षिकसत्रबाट कक्षा ९ देखीनै ऐच्छिक विषय राखिएको विद्यालयले जनाएको छ । तर पुस्तकको अभाव भएपछि शिक्षक र विद्यार्थीलाई पढाई अगाडी बढाउन समस्या भएको प्र. राईले सुनाए । भने, ‘शैक्षिकसत्रको अगाडि नै अन्य पुस्तक पाइएपनि ऐच्छिक विज्ञान विषयको भने अझै पाउन सकिएको छैन । पुस्तक नपाइएपछि अहिले वेबसाइटको भरमा कक्षा सञ्चालन गर्नुपरेको छ ।’
नयाँ शैक्षिकसत्रसंगै विज्ञान विषय अंग्रेजीमा संस्करणमा रहेकाले अनलाईनमा पनि उक्त विषयको पाठ्यक्रम नेपालीमा रहेकोले पढाउन समस्या भएको विषय शिक्षक हेमबहादुर राईले बताउँछन् । प्रत्येक पाठको पाठ्यसामाग्री डाउनलोड गरेर पढाउनुपर्दा शिक्षक–विद्यार्थी दुवैलाई समस्या भएको सुनाउँदै राईले भने, ‘अहिले अनलाईनबाट डाउनलोड गरी फोटोकपी गर्दैगरेको भरमा पढाउनु पर्ने बाध्यता छ ।’ काठमाडांैको पुस्तक पाउने सम्बन्धित स्थानहरुमा जाँदा पनि पुस्तक पाउन नसकिएको उनले सुनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार