काठमाडौं। इलेक्ट्रोनिक्सका आइटी र मोवाइल कम्युनिकेसन विभागका ग्लोवल अध्यक्ष तथा कार्यकारी अधिकृत डिजे कोहले आयोजना गरेको एक भव्य समारोहका विच सामसुङले आफ्नो अहिलेसम्मै सबैभन्दा शक्तिहाली नोट ग्यालेक्सी नोट–९ सार्वजनिक गरेको छ । मिडिया, आफ्ना साझेदार संस्था र ग्यालेक्सी–९ का प्रशसंकहरु सहभागी सो कार्यक्रममा पश्चिम एसियाली मुलुकहरुबाट छानिएका ९ जना सामसुङका निष्ठावान व्यक्तिहरुलाई कोहले नोट-९ को पहिलो लट प्रदान गरे । ग्यालेक्सी नोट–९ सामसुङको अध्याधुनिक प्रविधिको पछिल्लो श्रंखला हो ।
सम्पूर्ण हिसावले नयाँ यो ग्यालेक्सी–९ फोनले अधिक्तम कार्य सम्पादन गर्दछ । जस्तै यसमा व्लुटुथ सहितको नयाँ एस पेनको कनेक्टीभिटी राखिएको छ जसले तपाईलाई सेल्फी लिन, रिमोटको जस्तै प्रस्तुतीकरण गर्न सहयोग गर्दछ । यसको क्यामरा अहिलेसम्मकै इन्टिलिजेन्स क्यामराको रुपमा स्थापित छ । साथै, यसका सम्पूर्ण रुपले नयाँ डेक्स मोड राखिएको छ जसले तपाईलाई पिसिको जस्तै अनुभुति दिलाउँछ, खाली त्यका लागि एचडिएमआई केवलको आवश्यकता पर्दछ ।
‘सामसुङका दक्षिण पश्चिम एसिया क्षेत्रका ७०,००० कर्मचारीहरुको तर्फबाट ग्यालेक्सी नोट–९ प्रस्तुत गर्न पाउँदा आज मलाई निकै खुसी लागेको छ । यस क्षेत्रमा सामसुङ सन् १९९५ मा प्रवेश गरेको हो र हामीसँगै अगाडि बढिरहेका छौं र यो क्षेत्रमा हामी निकै प्रिय मोवाइल व्राण्ड वनेका छौ,’सामसुङ इलेक्ट्रोनिक्सका आइटी र मोवाइल कम्युनिकेसन विभागका ग्लोवल अध्यक्ष तथा कार्यकारी अधिकृत डिजे कोहले भने, नोटको प्रशंसक सामसुङप्रति एकदमै निष्ठावान छन् र उनीहरु के चाहान्छन् हामीलाई राम्रोसँग थाहा छ । ग्यालेक्सी (९ नै त्यस्तो फोन हो जुन उनीहरुको व्यस्त जीवनसँग मिल्लोजुल्दो छ ।’