गुगलले बन्द गर्दैछ गुगल प्लस

सन् २०११ मा निकै तामझाम तथा चर्चाका साथ गुगलले आफ्नो सोसल मिडिया प्लाटर्फम गुगल प्लस लञ्च गरेको थियो । तर अथक प्रयासका बाबजुत गुगल प्लसले इन्टरनेट प्रयोगकर्ताबीच लोकप्रियता हासिल गर्न सकिरहेको छैन । फलतः गुगल प्लस प्लाटर्फमको ढोका बन्द गर्ने अन्तिम टुंगोमा गुगल पुग्न लागेको चर्चा सुरु भएको छ ।

यसको पहिलो पाइलाका रुपमा गुगल फ्रान्सले औपचारिक घोषणा गरेको छ । गुगल फ्रान्सको अफिसियल गुगल प्लस पेजमा राखिएको जानकारी अनुसार यहीँ हप्तादेखि गुगल प्लसको ढोका बन्द गरिनेछ ।

गुगल प्लसमा रहेका गुगलका फलोअर्सहरुलाई पनि अब कम्पनीको अफिसियल फेसबुक पेज तथा ट्विटर ह्याण्डलमा रिडाइरेक्ट गरिनेछ ।

गुगलले भनेको छ ः हामीलाई थाहा छैन यसलाई कसरी घोषणा गर्ने ! तर गुगल प्लसमा रहेको गुगल प्लस पेजले यहीँ सप्ताहन्त देखि ढोका बन्द गर्दैछ । यत्तिका वर्षसम्मको योगदानका लागि सबैलाई धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार