अल निप्पन एयरवेजको एक विमानमा अमेरिकी नागरिकले उडानकै क्रममा लज्जास्पद क्रियाकलाप गरेका छन् । विमान शिकागोबाट जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थल जाँदैथियो । बाटैमा अमेरिकीले जापानी यात्रीमाथि पिसाब गरिदिए अनि हंगामा मच्चियो ।
घटना पाँच दिनअघिको हो । चौबीस वर्षीय युवकले उडानका क्रममा ५० वर्षीय जापानीमाथि पिसाब फेरिदिए । पीडित जापानीले उक्त अमेरिकीलाई पहिला कहिले पनि नभेटेको बताए ।
जापानी यात्री आरोपितभन्दा दुई पंक्ति पछिल्तिर बसेका थिए । प्रहरीका अनुसार, तिनले पाँचवटा श्याम्पेन पिएका थिए । आरोपितले पछि आफूलाई केही पनि याद नभएको बयान दिए ।
आरोपितलाई विमान कर्मचारीले विमान अवतरण हुनेबित्तिकै प्रहरीलाई बुझाए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।