कस्तो अचम्म ! अमेरिकाको एउटा अस्पतालमा १६ नर्स एकैचोटी गर्भवती

काठमाडौंः अमेरिकाको मीसास्थित डिजर्ट मेडिकल सेन्टरको आईसीयूमा १६ नर्स काम गर्छन् । तर अचम्मको कुरा के छ भने यी सबै नर्स गर्भवती भएका छन् ।

उनीहरुले अक्टोबरदेखि जनवरीसम्मको अवधिमा बच्चालाई जन्म दिने बताइएको छ । यसले अस्पतालको व्यवस्थापनमा समस्या आउने भएको छ । हाल अस्पतालले बिरामीको रेखदेखमा असर नपरोस् भनेर नर्सहरुलाई उनीहरुको कामकाजको बारेमा बुझाउन थालेको छ ।

कामको समयमा यो सम्बन्धको बारेमा उनीहरुले कुनै पनि कुरा गर्दैैनथे । केही समय अगाडि उनीहरुले एक एक गरेर गर्भवती महिलाका लागि बनेको अस्पतालको फेसबुक ग्रुप च्याटमा आबद्ध भएपछि यसको खुलासा भएको हो ।

अस्पतालका निर्देशक हिथर फ्रान्सिसले नर्सलाई छुट्टीमा पठाउनका लागि तयारी भइरहेको बताएका छन् । फ्रान्सिसका अनुसार आईसीयूमा काम गर्ने सयममा उनीहरुलाई संक्रमणको खतरा भएको छ । यस्तो अवस्थामा उनीहरुलाई लगातार जाँच गरिरहेको उनले बताए । यती धेरै नर्स एकै पटक गर्भवती भएकाले बिरामी पनि आश्चर्यमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार