“कति बस्छौ गाउँ भुली”को कला र कृष्णभक्तले भनेपछि…

काठमाडौ । नेपालका चर्चित गायिका कला राई र गायक तथा संगीतकार कृष्णभक्त राईको स्वरमा सजिएको “कति बस्छौ गाउँ भुली” बोलको म्युजिक भिडियो बजारमा आएको छ । गायिका कला राईको “लुक्स” एल्बम भित्ररहेको उक्त गीत बिष्णु श्रापितको शब्द रचनामा रहेको छ भने राजु एन राईले संगीत भरेका छन् ।

भोजपुरको ओख्रेमा जन्मेर “पान्धारे चौकी” रिमिक्स गीत गाएर चर्चाको शिखरमा पुगेकी गायिका कला राईको दर्जनौ गीतहरु चर्चामा रहेका छन् । लोक आधुनिक गीत गाउदै आएी कला राईले ‘कला, अफर र लुक्स’ ‘ईशारा’ नामक एल्बम बजारमा ल्याइसकेकी छन् भने ‘लुक्स’ एल्बममा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

“कति बस्छौ गाउँ भुली” को म्युजिक भिडियोमा संजीता मगर र दुर्गा क्षेत्रीले अभिनय गरेका छन् भने स्मृति रोगीले सम्पादन गरेका हुन् । दुर्गा क्षेत्रीको निर्देशनमा रहेको छ ।

भिडियाेेः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार