भाेजपुर सदरमुकाममा आगालागी, वडाध्यक्षको घर जले (फाेटाे फिचर)

  सिलिचुङ सम्वाददाता

भोजपुर । भोजपुर सदरमुकामस्थित एक घरमा अपरान्ह भान्साको ग्याँस पाईप लिक हुँदा सल्केको आगोले एक घर जलेको छ । कुनै मानवीय क्षति नभएपनि लाखौँको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुर नगरपालिका वडा नं ७, डाँडागाउँ च्याङ्गबेनीचोकस्थित स्थानीय तथा सोही वडा नं ७ का वडाध्यक्ष जय बहादुर तामाङको घरमा रहेको भान्साको ग्याँसको पाईप लिक भएपछि सल्केको आगोले सोहि घरमा सञ्चालन हुँदै आएको एउटा किराना पसल र एउटा गेष्टहाउस जलेको प्रहरीले जनाएको छ ।
आईतबार अपरान्ह करिब सवा ३ बजे लागेको आगालागीमा परी भोजपुर नगरपालिका ७, कोदार घर भएकी बाल कुमारी तामाङको किराना पसलका सामान तथा सोहि घरमा ०६८ सालदेखि सञ्चालित भोजपुर नगरपालिका १२, टक्सारका दिलीप कुमार तामाङ केएफसी गेष्टहाउसको भौतिक सामान लगायत आर्थिक क्षति भएको प्रहरीले जनाएको छ । अागालागीबाट घरबाहेक ६० लाख बाराबरकाे क्षति भएको  जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशव कुमार थेबेले बताए ।

भिडियाे

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार