काठमाडौं । भोजपुर कविता उत्सव कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार राजधानीमा भोजपुरे सेवा समाज, काठमाडौँद्वारा भोजपुर कविता उत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति गंगाप्रसाद उप्रेतीले नेपालको प्रदेश नम्बर एक अन्तर्गत पर्ने पहाडी जिल्ला भोजपुर साहित्य, कला र सङ्गीतका लागि उर्वर भूमि भएको बताए । भोजपुरसँग आफ्नो भावनात्मक सम्बन्ध गाँसिएको उल्लेख गर्दै उनले भने, ‘देशमै सबैभन्दा धेरै कवि, कलाकार जन्माउने भोजपुर साँच्चिकै गौरवमय छ ।’
बडादशैँ, शुभदीपवाली, नेपाल सम्बत्, छठ तथा उधौलीलगायतका चाडपर्वका अवसरमा आयोजित उक्त कार्यक्रममा पूर्व अर्थमन्त्री तथा कवि एस्पी कोइराला, वरिष्ट कवि कृष्ण जोशी, मञ्जुल, श्याम तमोट, डा। केदार न्यौपाने, पवन आलोक, भूपाल राई, विप्लव ढकाल, श्रवण मुकारुङ, गीता कार्की, अमर बान्तु, पोषरमण चापागार्इं, भक्ति घिमिरे ‘दुर्वोध’, जमुना राई, डा.केदार न्यौपाने, समीर नेपाल, कुलप्रसाद पराजुली, डा। भक्त राई, गणेश राई, निर्भीक राई, देवीप्रसाद घिमिरे, गोविन्द बस्नेत, सुरेन्द्र बजिमय, कृष्ण ओझा, बलिराज खम्बू, बुलु मुकारुङ, प्रेरणा भट्टराई, प्रतीक्षा के।सी। र सुरेश चापागाईंले आ–आफ्ना कविता सुनाएका थिए ।
संस्थाका गतिविधि तथा ‘भोजपुर कविता उत्सव’का सम्बन्धमा समाजका अध्यक्ष पासाङदोर्ची शेर्पा र सचिव शशी लुमुम्बूले प्रकाश पारेका थिए । कार्यक्रममा पूर्व सांसद घनेन्द्र बस्नेत, जयन्ती राई र प्रा।डा। गोविन्दमानसिंह कार्कीले पनि बोलेका थिए ।